विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्वीट गर्दै भारतले उक्त निर्णय गरेको पुष्टि गरेका हुन् ।

शर्माले अगाडि लेखेका छन्, ‘आर्थिक विकासमार्फत नेपालको पुनर्संरचनामा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ १७ गते भारत भ्रमणका क्रममा विद्युत व्यापार सम्बन्धी द्विपक्षीय सहमति भएको जनाइएको थियो । सहमति भए पनि अनुमोदन गर्न बाँकी रहेको हुँदा नेपालमा यसबारे विभिन्न चर्चा परिचर्चा हुँदै आएको थियो ।

अहिले नेपालको विद्युत उत्पादन क्षमता करिब २८०० मेगावाट पुगेको छ । केही आयोजना उत्पादन चरणमा रहेका र निर्माणाधीन रहेकोले विद्युत खेर जाने समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न चाहेको थियो ।

हालसम्म नेपाललाई भारतीय बजारमा १० आयाेजनाकाे ४५२ मेगावाट मात्रै बिजुली बेच्न अनुमति दिएको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइइएक्स) को डे-अहेड बजारमा ३०० मेगावाट मात्र विद्युत निर्यात गरेको प्राधिकरणले जनाएको छ । अहिले प्रतियुनिट ८.३८ रुपैयाँ (आइसी ५.२४) का दरले विद्युत बिक्री भइरहेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनासहित थप १२०० मेगावाट बिजुली निर्यात अनुमतिका लागि प्रस्ताव गरेको थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा यो प्रस्ताव पनि स्वीकृत भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत २०७९ जेठदेखि आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit