विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना महामारी (कोभिड–१८) को समयमा प्राण वायु (अक्सिजन) अभावमा छटपटिएको सरकार तथा सरकारी निकायलाई निजी जलविद्युत् प्रवर्द्धकले ८ सयभन्दा बढी सिलिन्डर उपलब्ध गराएका छन् । कोभिडबाट संक्रमितको ज्यान रक्षाका लागि निजी क्षेत्रले स्वतःस्फूर्त तथा सरकारको अनुरोधमा ४० प्रवर्द्धकले उक्त परिमाणको अक्सिजन उपलब्ध गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा विद्युत् विकास विभागले निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनामा रहेका अक्सिजन सिलिन्डर उपलब्ध गराएर सहयोग गर्न अपिल गरेको थियो । विभागले बैशाख ३० गते सूचना नै निकालेर निर्माणाधीन आयोजनामा भइरहेको अक्सिजन प्रयोगलाई तत्कालका लागि रोकेर भए पनि नजिकका स्वास्थ्य संस्था तथा जिल्ला प्रशासनमा दिन आग्रह गरेको थियो ।

विभागका अनुसार देशभर सञ्चालनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २१५ आयोजनामा १०४६ अक्सिजन सिलिन्डर रहेका छन् । ती मध्ये ८०३ वटा स्थानीय सरकार अर्थात् प्रहरी, जिल्ला प्रशासन कार्यालय र नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको छ ।

यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को तथ्यांकमा भने निर्माणाधीन र सञ्चालनमा रहेका ११ आयोजनाबाट ७१ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको उल्लेख छ । अधिकांश प्रवद्र्धकले आफ्नो विवरण विभागमा पठाएको देखिन्छ । निजी क्षेत्रका आयोजनाबाट अक्सिजन सिलिन्डर उपलब्ध गराएको विवरण आइरहेको विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

‘हाल निर्माणाधीन आयोजनामा २४३ वटा सिलिन्डर मौजुदा रहेका छन्, स्थानीय निकाय वा स्वास्थ्य संस्थाबाट माग भई आए ती पनि उपलब्ध गराउन निजी क्षेत्रलाई भनिनेछ,’ उनले भने, ‘हामीले थप विवरण संकलन गरिरहेका छौं ।’

विभागका अनुसार निर्माणमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोसीले ७ वटा, ४० मेगावाटको खानी खोला (दोलखा) ले १४ वटा, २७ मेगावाटको दोर्दी खोला ७ वटा सिलिन्डर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएका छन् ।

यसैगरी, म्याग्दीमा निर्माण भएको ४२ मेगावाटको मिस्ट्री खोलाले एउटा, १११ मेगावाटको रसुवागढीले २५ वटा, ५७.३ मेगावाटको सान्जेनले ३२ वटा, , ५२.४ मेगावाटको लिखु–४ ले ५१ वटा, ३० मेगावाटको न्यादीले ७ वटा, नुवाकोटको तल्लो तादीले १६ वटा सिलिन्डर स्थानीय प्रशासनलाई दिएका छन् ।

सबैभन्दा बढी परिमाणमा अक्सिजन सिलिन्डर उपलब्ध गराउनेमा ८२ मेगावाटको तल्लो सोलु, कालंगा गाड बेसिनको प्रवर्द्धक, लिखु–१ र २, ८६ मेगावाटको सोलु–दूधकोसी, १४.९ मेगावाटको माया खोला, १४० मेगावाटको तनहुँ हाइड्रो लगायत छन् । यी आयोजनाका प्रवद्र्धकले क्रमशः ७५ वटा, १४६ वटा, १६१ वटा, ५० वटा, ८३ वटा र १६ वटा सिलिन्डर उपलब्ध गराएका छन् ।

विभागका अनुसार तल्लो सोलुमा ३० वटा, ४० मेगावाटको राहुघाटमा ५२ वटा, ७२ मेगावाटको मध्यतमोरमा ५ वटा, सोलु–दूधकोसीमा ७४ वटा, तनहुँमा १९ वटा, तल्लो मोदी खोलामा २ वटा, माथिल्लो त्रिशूली ३‘बी’मा २ वटा, रुकुमगाडमा एउटा, तल्लो लिखुमा १५ वटा, नीलगिरी खोलामा ७ वटा, माईबेनीमा ५ वटा, माथिल्लो फावा खोलामा १२ वटा, तल्लो जोगमाईमा ५ वटा र माथिल्लो माछा खोलामा ६ वटा सिलिन्डर मौजुदा छन् ।

आवश्यक परेको खण्डमा मौजुदा सिलिन्डर उपलब्ध गराउन तयार रहेको निजी प्रवद्र्धकहरूले बताइरहेका छन् । विभागले आह्वान गर्नु केही दिन अगाडि नै इपानले आयोजनास्थल भन्दा नजिकका स्वास्थ्य संस्था, जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई अक्सिजन उपलब्ध गराउन सुरु गरेको थियो ।

याे पनि पढ्नुहाेस्

जलविद्युतमा भएको प्रयोग रोकेर अक्सिजन उपलब्ध गराउन निजी क्षेत्रलाई विभागको अनुरोध

उद्योगीले पोखरामा ५ करोडको अक्सिजन प्लान्ट खोल्दै, ३ महिनामा सञ्चालनमा ल्याउने तयारी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit