विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सातादिनदेखि ठप्प भएको छ । छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेपछि आयोजनाको काम ठप्प भएको हो ।

आयोजनाको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । उनका अनुसार सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको विद्युतगृहको काम अवरुद्ध बनाइएको छ । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको पनि राईले बताए ।

आयोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले गत (२०७८) चैत ८ गतेबाट प्रवेशमार्गको बन्द र विद्युतगृहको काम ठप्प पारेर आन्दोलनमा उत्रिएको राईले बताए । प्रवेशमार्गका स्थानीयवासीले गत मंगलबारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् ।

छ्याङकुटीबाट विद्युतगृहस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितको गुनासो छ ।

आयोजनाको विद्युतगृह निर्माणको काम भारतको पटेल इञ्जीनियरिङ कन्सल्टेन्सी कम्पनीले गरिरहेको छ । छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीयबासीको भनाई छ । छयाङकुटी–पुखुवा सडकखण्ड २८.५ किलोमीटर छ ।

एक खर्ब ४४ अर्ब लागत अनुमान गरिएको आयोजनाको काम २०२४ भित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।  आयोजनाको निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit