विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रो पावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधरण सेयर आवेदन खुल्ला गरेको हो । 

कम्पनीको जारी पूँजी ३ अर्ब २० करोडको २५ प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ८० लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३२ लाख कित्ता, अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नम्बर ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी गाविस) का स्थानीयका बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्कासन गरिएको हो । 

स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले छिटोमा भदौ असोज १४ गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबी बैंकको भोटेवडा शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ८८ प्रतिशत बढी निर्माण पूरा भएको आयोजनाबाट आगमी माघभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit