विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विराटनगर वितरण केन्द्रअन्तर्गत मोरङको दुहबीमा रहेको १३२/३३ केभी दुहबी ग्रिड सबस्टेसनमा रहेको ३३ केभी कटहरी फिडरको करेन्ट ट्रान्सफर्मर पड्किँदा सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ ।

आइतबार बिहान साढे ११ बजेतिर उक्त करेन्ट ट्रान्सफर्मरमा सर्प चढ्दा उक्त घटना भएको केन्द्रका इन्जिनियर राजेन्द्रप्रसाद चौधरीले ऊर्जा खबरसँग बताए । उनका अनुसार ट्रान्सफर्मर पड्किएको ठाउँबाट सर्प झिकिएको छ ।

‘घटना भएको केही समयपछि नै हामीले अर्को फिडरबाट गार्हस्थ्य उपभोक्तालाई विद्युत् विद्युत् आपूर्ति सुचारु गरिसकेका छौँ,’ उनले भने, ‘हाल जुबी, सिंघिया र बाङ्गे गरी २ वटा ११ केभीका औद्योगिक फिडरमा विद्युत् अवरुद्ध रहेको छ ।’ 

कटहरीबाट करेन्ट ट्रान्सफर्मर लगेर बदल्ने कार्य जारी रहेको र साँझसम्म तीन वटै औद्योगिक फिडरमा समेत विद्युत् आपूर्ति सुचारु हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३