images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको विभिन्न जिल्लामा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका ७ जलविद्युत कम्पनीले करिब १ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार तीन महिनाको अवधिमा सो मुनाफा आर्जन गरेका हुन् । 

छयाङ्दी हाइड्रो पावर लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडले साउनदेखि असोजसम्मको अवधिमा १ अर्ब २५ करोड ७ लाख ५ हजार १ सय ७२ रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडले ७९ करोड ७७ लाख २६ हजार ५ सय ६९ रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष यो समयअवधिमा ८६ करोड १९ हजार ३७ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो समयअवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार ४ सय ७६ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार ९ सय ४० रुपैयाँ आम्दानी गरेको छ । 

लमजुङमा ६ मेगावाटको दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छया्ङदी हाइड्रो पावर लिमिटेडले २३ लाख ८६ हजार ९ सय ७८ रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको विवरणमा उल्लेख छ । गत वर्ष ७६ लाख ४० हजार १ सय ६५ रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट भएको आम्दानी भने बढेको देखिएको छ । कम्पनीले यो अवधिमा केन्द्रको विद्युत बिक्री गरी २ करोड ५ लाख ४३ हजार ८६ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो समयअवधिमा १ करोड ८४ लाख ६८ हजार ४ सय ५६ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको लमजुङमा ४ मेगावाटको माथिल्लो छया्ङदी खोला र २ मेगावाटको छया्ङदी खोला सना जलविद्युत आयोजना निर्माण सञ्चालनमा छन् । 

यस्तै, रिडी पावर कम्पनी लिमिटेडले १ करोड ४४ लाख ४३ हजार २ सय ५५ रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ४५ करोड ५४ लाख ८९ हजार ५७ रुपैयाँ नाफा कमाएको थियो । 

यो अवधिमा कम्पनीले विद्युत विद्युत बिक्रीबाट र अन्यस्रोतबाट जम्मा ९ करोड २९ लाख ३१ हजार ७ सय १७ रुपैयाँ आम्दानी गरेको छ । गत वष ६३ करोड ६८ लाख २९ हजार ३ सय ८६ रुपैयाँ आम्दानी गरेको थियो । 

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ४ करोड ४ लाख ३६ हजार ४ सय ६९ रपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष यो समअवधिमा कम्पनीले २ करोड ९७ लाख १ हजार ७ सय ८३ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको नाफा बढेसँगै विद्युत बिक्रीबाट हुने आम्दनी पनि बढेको हो । कम्पनीले यो समयअवधिमा ९ करोड ३२ लाख २४ हजार ९ सय ९९ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ६ करोड ८३ लाख ९८ हजार ४ सय ९१ रुपैयाँ आम्दानी गरेको थियो ।

ङादी ग्रुप पावर लिमिटेडले ९ करोड ९४ लाख ३३ हजार ९ सय ६९ रुपैयाँ नाफा कमाएको छ । गत वर्ष २ करोड ३९ हजार ४ सय ५० रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी ४ करोड ६६ लाख २१ हजार ९ सय २८ रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दनी बढेको देखिन्छ । गत वर्ष ४ करोड २६ लाख ४५ हजार ८ सय १० रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, राधी विद्युत कम्पनीले पनि २ करोड ५ लाख ६५ हजार १ सय १२ रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १ करोड ७३ लाख ५९ हजार ५ सय ७८ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ४ करोड ९२ हजार ६ सय २३ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ४ करोड १० लाख ९९ हजार ३४ रुपैयाँ आम्दानी गरेको थियो ।

माउन्टेन इनर्जी नेपालले यो समयमा २७ करोड ५७ लाख १२ हजार ८ सय १९ रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष २९ करोड ६ लाख ७६ हजार ४ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी बढेको देखिन्छ । कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ४७ करोड २३ लाख ९९ हजार ७ सय २० रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ३८ करोड ७१ लाख ५७ हजार ७ सय ३१ रुपैयाँ आम्दानी गरेको कम्पनीले जाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit