images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाढीपहिरोले क्षति पुर्याएको मनाङको विद्युतीय संरचनाको मर्मतको काम सुरु भएको छ । असार १ गते आएको वर्षापछिको बाढीपहिरोले क्षति पुर्याएको विद्युतीय संरचनाको मर्मत संभारको काम सुरु गरिएको हो ।

बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युतविहीन बनेको मनाङको राष्ट्रिय प्रसारण लाइनको मर्मत सुरु गरिएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख मिलन सुवेदीले बताए । उनका अनुसार बाढीले राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा क्षति पुर्याएको थियो ।

बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटर लामो लाइनका १ सय १६ वटा पोल र ५.६ किलोमिटर लामो लाइनको ११ केभी लाइनका ८८ वटा पोलमा क्षति पुर्याएको छ । ४०० भोल्टका १० किलोमिटर लामो लाइनको ५१ वटा पोलमा क्षति पुर्याएको छ ।

अहिले ४ सय भोल्ट र ११ केभी लाइनको मर्मतको काम भइरहेको पनि सुवेदीले बताए । उनका अनुसार ३३ केभी लाइनको मर्मतको काम एक हप्ताभित्र सुचारु हुनेछ ।

‘बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले पोल गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन’ उनले भने, ‘अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै प्राधिकरण जिल्ला शाखाले पोल, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको छ ।’ लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको पनि सुवेदीले बताए ।

लाइन मर्मत कार्य सुरु भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने पनि सुवेदीले बताए । नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

बाढीपहिराका कारण विद्युत लाइन अवरुद्ध भएपछि चामेका सरकारी कार्यालयमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । सौर्य ऊर्जा प्रविधिबाट सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह गरिएको छ ।

प्रदेश सरकारले चामेस्थित १६ वटा कार्यालयका लागि ४ चरणमा सौर्य ऊर्जा प्रणालीका सामग्री चामेसम्म ल्याई जडान गरिदिएको थियो । प्रत्येक कार्यालयका लागि १५० वाटका दुईवटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।

बाढी पहिराले प्रसारण लाइनसँगै जिल्लाका लघुजलविद्युत केन्द्रहरूमा समेत क्षति पुर्याएको छ । जिल्लाका १० भन्दा बढी लघुजलविद्युत केन्द्र बर्खाको बाढीमा बगेका छन् । यी जलविद्युत केन्द्र बगाउँदा ९ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit