विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चाइना इनर्जी इन्जिनियरिङ ग्रुप ग्वाङ्छी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन ब्युरो कम्पनीले १ सय ३५ जना कर्मचारी मागेको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काममा खटाउने गरी ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले मंगलबार सूचना निकालेर रिक्त रहेको आयोजना प्रबन्धकदेखि भान्छेसम्मको पदपूर्ति गर्न आवेदन खुलाएको छ । कम्पनीका अनुसार आयोजनाको काम हेर्ने गरी १ जना आयोजना प्रबन्धक मागिएको छ ।

यस्तै, २ जना सहायक प्रबन्धक र २ जना लेखापाल पनि मागिएको छ । आयोजना प्रबन्धक पदका लागि एमबिए गरेका योग्य व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सहायक प्रबन्धक र लेखापालका लागि बिबिए÷बिबिएस सरहको शैक्षिक योग्यता तोकिएको छ ।

कम्पनीले १ जना भाषा अनुवादक पनि मागेको छ । अंग्रेजी भाषामा स्नातक उत्र्तिण गरी सम्बन्धि क्षेत्रमा अनुभव हासिल गरेको तथा चिनियाँ भाषाको समेत ज्ञान भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

आयोजना स्थलमा खटाउने गरी ५ जना इन्जिनियर मागिएको छ । इन्जिनियरिङ विषयमा स्नातक गरेका योग्य व्यक्तिले यो पदका लागि आवेदन दिन पाउने छन् ।

यस्तै, सबैभन्दा बढी सुरुङसम्बन्धि विज्ञता भएका ३० जना प्राविधिक मागिएको छ । सुरुङको काममा खटाउन प्राविधिक कर्मचारी मागिएको हो । २० जना प्राविधिक, २५ जना सिभिल प्राविधिक र १०/१० जना मेकानिकल तथा इलेक्ट्रिकल प्राविधिकका लागि समेत आवेदन माग भएको कम्पनीले जनाएको छ । 

आयोजना स्थलको भान्छामा खटिने गरी २ जना भान्छे पनि मागिएको छ । यो पदका लागि २ वर्षको अनुभव भएको तथा चिनियाँ र अंग्रेजी भाषाको ज्ञान भएकालाई प्राथमिकता दिइने उल्लेख छ ।

मंगलबारको मितिले सूचना जारी भएको ७ दिनभित्र प्राप्त हुने गरी इच्छुक व्यक्तिले आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । योग्य व्यक्तिले आवश्यक सबै कागजात  कम्पनीकाे इमेल–[email protected] मा  पठाएर इच्छुक पदका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit