काठमाडौं । डेढ दर्जन जलविद्युत कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ को सञ्चित मुनाफाबाट बोनस र लभांश वितरण गर्ने तयारी गरेका हुन् ।
हालसम्म १६ जलविद्युत कम्पनीले सेयरधनी सदस्यका लागि आफ्नो नाफाबाट प्रतिफल घोषणा गरेका छन् । यी कम्पनीमध्ये ८ कम्पनीले मात्र बोनस सेयर र नगद लाभांश दुवै वितरण गर्नेगरी प्रतिफल घोषणा गरेका छन् । यस्तै, ६ कम्पनीले नगद लाभांश मात्र र बाँकी दुई कम्पनीले भने बोनस सेयर मात्र वितरण गर्ने भएका छन् ।
प्रतिफल घोषणा गर्नेमध्ये सबैभन्दा बढी रिडी हाइड्रो डेभलपर्स लिमिटेडले वितरण गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश दिने भएको छ । १०.९ मेगावाटको दुई विद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई विगत ८ वर्षदेखि लगातार प्रतिफद दिँदै आएको छ । कम्पनी आव २०७७/७८ मा पनि १२.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
जलविद्युत कम्पनीकाे लाभांश र बाेनस सेयर (प्रतिशत)
| क्रस | कम्पनीकाे नाम |
आव२०७८/७९ (बाेनस सेयर) |
आव२०७८/७९ (नगद लाभांश) |
आव२०७७/७८ (बाेनस सेयर) | आव२०७७/७८ (नगद लाभांश) |
| १ | अरूण काबेली पावर लिमिटेड | १० | १७ | ||
| २ | रूरू जलविद्युत परियाेजना लिमिटेड | १० | ०.५२६३ | १० | ०.५२६३ |
| ३ | सानिमा माइ हाइड्रो पावर कम्पनी | ५.२६३२ | १० | ०.५२६३ | |
| ४ | सुपर माइ हाइड्रो पावर कम्पनी लि | ३० | ११.५ | ||
| ५ | माउन्टेन इनर्जी नेपाल लिमिटेड | १०.५२६३ | |||
| ६ | सगरमाथा जलविद्युत कम्पनी | १० | |||
| ७ | रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी | ४० | २.१० | १२.६० | |
| ८ | युनाइटेड इदीमर्दी आरबी हाइड्रो लिमिटेड | १०.५२६ | |||
| ९ | पाँचथर पावर कम्पनी लिमिटेड | ७ | |||
| १० | चिलिमे जलविद्युत कम्पनी | ७.५० | ७.५० | ७.५० | ७.५० |
| ११ | पावर ट्रान्समिसन कम्पनी | १८ | |||
| १२ | हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड | ५ | ०.२६ | ८ | ०.४२ |
| १३ | बिन्ध्याबासीनी हाइड्रो पावर डेभलपमेन्ट लि | ५ | ०.०३ | ||
| १४ | नेपाल हाइड्रो डेभलपर्स लिमिटेड | ५ | ०.०३ | ७ | ०.३७ |
| १५ | राधी विद्युत कम्पनी लिमिटेड | ४.७५ | ०.२५ | ||
| १६ | बुटवल पावर कम्पनी | ५ | ७.५० | १० | १० |