images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत् आयोजना अघि बढाउन सम्पूर्ण प्रक्रिया पूरा गरिएकाे छ । ३ वर्षभित्र अर्थात् २०८३ सालभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका रहेकाे आयाेजना अगाडि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरिएको छ ।

आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) प्रतिवेदनमा स्थानीयका तर्फबाट राय-सुझाव भए ३५ दिनभित्र पेश गर्नका लागि विभागले चैत ३ गते सूचना जारी गरेको छ । एबीपी इनर्जी प्राली प्रवर्द्धक रहेको आयोजनाको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाकाे समूहले निर्माण गर्न लागेकाे छ ।

आयोजना निर्माणमा अन्य अवरोधहरू नभए २०८३ चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेकाे सञ्चालक खतिवडाले बताए । नदीकाे प्रवाहमा आधारित (आरओआर) यस आयोजनाका मुख्य-मुख्य संरचनाहरू गुप्तेश्वर गाउँपालिका वडा नम्बर १ स्थित खोलाको दायाँ किनारमा रहने अध्ययनले देखाएकाे छ ।

विभागका अनुसार आयोजनाको आइईई ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयबाट २०७९ फागुन ३० गते नै स्वीकृत भएको थियो । याे आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जीको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

तादी खोलाको २.२५ घनमिटर प्रतिसेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको उपयाेगबाट विद्युत् उत्पादन हुने आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट घन्टा (हिउँदमा १६.१७ गिगावाट घन्टा र वर्षामा ३३.५९ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुने अध्ययनले देखाएकाे छ।

कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाइको बाँध निर्माण गरिने छ । १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ २१.७७ मिटर उचाइको विद्युत्‌गृहमा ४/४ मेगावाटका दुई वटा टर्बाइन रहने छन् । त्यहाँबाट उत्पादित विद्युत् आयोजनाको स्विचयार्ड हुँदै ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणले समुन्द्रटारमा निर्माण गरेकाे १३२ केभी सबस्टेसनमा जडान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit