विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नविल बैंक लिमिटेडका ३९ शाखा कार्यालयहरू सोमबार २ बजेसम्म खुल्ला रहने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेको बैंक आज खुल्ला गरिएको हो ।

सोमबार ७ वटै प्रदेशमा शाखा कार्यालयहरू खुल्ला रहने बैंकले जनाएको छ । बैंकका अनुसार प्रदेश १ का ४ वटा शाखा कार्यालयहरू खुल्ला रहनेछ । यस प्रदेशको चन्द्रगढी, धरान र उर्लाबारी शाखा २ बजेसम्म खुल्ला रहनेछ । धनकुटाको हिले शाखा बिहान ८ बजे खोलेर ११ बजे बन्द गरिएको छ ।

यस्तै, प्रदेश २ को बर्दीबास, बिरगंज, जनकपुर, लाहान, गोलबजार पावरहाउस, सिरहा र सिमरा शाखाको बैंक खुल्ला छन् । बागमती प्रदेशको अत्तरखेल, बालाजु, हात्तीगौंडा, पनौती, सूर्यविनायक, तीनधारा र त्रिपुरेश्वर शाखा खुल्ला छन् ।

गण्डकी प्रदेशको बेँसीसहर पनि २ बजेसम्म खुल्ला रहनेछ । बिरौटा, दलदले, गैडाकोट, कावासोती र बगर, पोखरा शाखा कार्यालय भने १२ बजेसम्म मात्र खुल्ला गरिनेछ । लुम्बिनी प्रदेशको चन्द्रौटा र कोहलपुर शाखा १ बजेसम्म खुल्ला रहनेछन् ।

कर्णाली प्रदेशमा बराहताल, दार्मा, पचालझरना र पलाता शाखा खुल्ला छन् । सुदूरपश्चिमको आलिताल, पञ्चेश्वर, रामारोशन, सायल र तुर्माखाँद पनि खुल्ला गरिएको छ । वित्थडचिर शाखा भने बिहान ७ बजेदेखि खुल्ला गरी १० बजे बन्द गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit