विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साढे ३ हजार मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ । देशको विभिन्न जिल्लामा पहिचान भएको ४६ जलविद्युत आयोजनाको अध्ययन सकिएको हो ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भएको आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । सरकारी तथा निजी ऊर्जा उत्पादकले ३ हजार ६ सय ७९ मेगावाट विद्युत उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका हुन् ।

०.४८५ मेगावाट क्षमतादेखि ८२८ मेगावाट क्षमतासम्मका आयोजनाले उत्पादन अनुमति मागेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा ठूलो ८२८ मेगावाटको उत्तर गंगा जलविद्युत आयोजना रहेको छ । 

यो आयोजना नेपाल विद्युत प्राधिकरणले अध्ययन पू्रा गरी उत्पादन अनुमतिका लागि २०७६ असार १७ ते विभागमा आवेदन दिएको थियो । बागलुङमा अध्ययन सकिएको आयोजनाले आवेदन दिएको करिब ३ वर्षमा पनि निर्माण अनुमति पाएको छैन् ।

यस्तै, १३० मेगावाटको बुढी गण्डकीले आवेदन दिएको ९ वर्षसम्म पनि अनुमति नपाएको विभागको वेपसाइटमा उल्लेख छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले याे गोर्खामा अध्ययन सम्पन्न गरी २०७० असार १६ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको थियो ।

१३२ मेगावाटको तल्लो बरुणले पनि उत्पादन अनुमतिका लागि आवेदन दिएको करिब ३ वर्ष भइसकेको छ । अम्पिक इनर्जी प्रालिले संखुवासभामा अध्ययन पूरा गरी २०७६ जेठ २३ गते आवेदन दिएको थियो ।

३४१ मेगावाटका बुढीगण्डकी, १८० मेगावाटको आधीखोला स्टोरेज, ३१० मेगावाटको लाङटाङ खोला, १६६ मेगावाटको सु्पर तमोर, १६६ मेगावाटको दुधकोसी–९ लगायतका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिएका आयोजनामध्ये केही आयोजनालाई उत्पादन अनुमति दिने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit