विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट–२ (हाइड्रो मेकानिकल) तर्फको ठेक्का तोडेको घोषणा गरिएको छ । समयमै प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आयोजना उद्घाटनकै क्रममा ठेक्का तोडेको घोषणा गरिएको हो ।

सम्पूर्ण प्राविधिक परीक्षण पूरा गरी आज सोमबार (असार २१ गते) प्रधानमन्त्री निवास बालुवाटार र आयोजनास्थल गोंगरमा विशेष कार्यक्रममार्फत उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्प्युटरबाट बटन थिचेर ७६ मेगावाट (एउटा युनिट) सञ्चालन–उद्घाटन गरेका छन् ।

पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भए पनि यसका धेरै कामहरू बाँकी नै छन् । ५ वटा युनिटहरू सञ्चालनमा ल्याउन फेरि पनि चुनौती देखिएको छ । गेट, टर्बाइन लगायत ठाउँमा शेष रहेका काम छँदै लट–२ को भारतीय ठेकेदार टेक्सम्याको एन्ड रेल्वे कम्पनीसँग ठेक्का तोडिएको छ ।

आयोजनाले टेक्सम्याकोसँग गत असार १३ गते नै सम्झौता तोडेको थियो । तर, उद्घाटन नहुँदासम्म विवाद हुने भन्दै बाहिर ल्याउन नचाहेको आयोजना स्रोतले जानकारी दियो । टेक्सम्याको जसले निर्माणको सुरुदेखि नै काम नगरेर दुःख दिँदै आएको थियो । यसअघि नै ठेक्का तोडेर काम गर्नुपर्नेमा व्यवस्थापनले बेवास्ता गर्दै आएको थियो ।

कम्पनीले ढिला सुस्ती गरेको र बाँकी रहेका काम आफैं गर्न सकिने हुँदा ठेक्का तोडिएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका एक उच्च अधिकारीले बताए । ‘उसको कामको गति थाहा हुना साथ यसअघि नै ठेक्का तोड्नुपथ्र्यो, हामीले त्यतातिर ध्यान पुर्याउन सकेनौं,’ ती अधिकारीले भने, ‘बाँकी काममा समेत उसले ढिला हुने सम्भावना देखिएपछि ठेक्का तोडिएको छ ।’

याे पनि पढ्नुहाेस् : तामाकोसी निर्माण–शिलन्यासदेखि उद्घाटनसम्म; ११ वर्षमा घट्ट घुम्यो, बिजुली निस्क्यो !

भारतीय कम्पनीले डिजाइन अनुसार आवश्यक ‘एक्सपान्सन ज्वाइन्ट’ पाइप उत्पादन तथा आयात गर्न नसक्दा आयोजनाको निर्माण अवधि लम्बिँदै गएको थियो । कम्पनीले टेक्सम्याकोसँग हाइड्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन आयात, जडान, परीक्षण तथा सञ्चालन गर्ने गरीको सम्झौता गरेको थियो ।

टेक्सम्याकोकै अक्षमताका कारण आयोजनाको डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएकाले सम्झौता तोड्नु परे कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्वीकारे । ‘लट–२ को ठेकेदारकै कारण आयोजनाको विद्युत उत्पादन तालिका धकेलिएर यहाँसम्म आइपुग्यो,’ उनले भने, ‘सम्झौता अनुसार काम नगरेकाले नै ठेक्का तोड्ने निर्णयमा कम्पनी पुग्यो ।’

भारतीय कम्पनीले डिजाइन अनुसारको ‘एक्सपान्सन ज्वाइन्ट पाइप’ उत्पादन गर्न नसकेपछि अन्तिम समयमा आएर आयोजनाको डिजाइन परिवर्तन गरिएको थियो । कम्पनीले डिजाइनअनुसारकै एक्सपान्सन ज्वाइन्ट पाइपका लागि पर्खिँदा विद्युत उत्पादनमा अझै ढिलाई हुने देखिएपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । काममा ढिलाई गर्दै आएपछि ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम टेक्सम्याकोसँग कटौती गरेर लट–३ को ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएको थियो ।

ठेकेदारको अक्षमताका कारण अन्तर्राष्ट्रिय परामर्शदाताको सिफारिसमा डिजाइन परिवर्तन गरी एक्सपान्सन ज्वाइन्ट पाइपको विकल्पमा मुख्य सुरुङबाट तीव्र बेगमा आउने पानीलाई टर्बाइनमा खसाल्नु अघिको उच्च गति व्यवस्थापन गर्न वेल्डिङ गरिएको छ ।

२०६७ साल भदौ १७ गतेदेखि निर्माण सुरु भएको आयोजनाको आइतबार (असार २० गते) देखि परीक्षण उत्पादन सुरु गरिएको थियो । असारभित्रै दोस्रो युनिटको ७६ मेगावाट पनि प्रणालीमा जोड्ने आयोजनाको तयारी छ । दोस्रो युनिटको उत्पादन सुरु भएको २/२ साताको फरकमा बाँकी ४ वटा युनिटको उत्पादन सुरु गर्ने बताइएको छ ।

सञ्चालनमा आएकाे पहिलाे युनिट (७६ मेगावाट) बाट अहिले ७.५ मेगावाट बिजुली उत्पादन भइरहेकाे आयाेजनाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit