विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्थानीय बासिन्दा र लिखु हाइड्रोपावर कम्पनीबिच सहमति भएसँगै विगत १० दिनदेखि बन्द रहेका जलविद्युत् केन्द्रहरू तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । विभिन्न माग राख्दै लिखु हाइड्रोपावर सङ्घर्ष समिति र स्थानीय बासिन्दाले गत जेठ २४ गतेदेखि विद्युत्‌गृहमा शान्तिपूर्ण हड्ताल गर्दै आएका थिए ।

आन्दोलनरत पक्ष र हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरूबिच मंगलबार भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण रूपमा यथावत् राख्दै हाललाई बन्द गरिएका सबै जलविद्युत् केन्द्रहरू पूर्ण रूपमा सुचारु गर्ने सहमति भएको हो । सहमति अनुसार वार्तामा स्थानीयका मागबारे विस्तृत रूपमा छलफल गर्न आगामी असार ७ गते बिहान १० बजे पुनः बैठक बस्ने तय भएको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ स्थित किन्जामा रहेको कम्पनीको कार्यालयमा बस्ने बैठकमा सङ्घर्ष समितिका प्रतिनिधिहरूसँग वार्ताका लागि हाइड्रोपावर कम्पनीका तर्फबाट उच्च पदस्थ अधिकारीहरू अनिवार्य रूपमा उपस्थित हुने सहमति भएको छ । उक्त बैठक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूका साथै अन्य सम्बन्धित सरोकारवाला निकायहरूको उपस्थितिमा सञ्चालन गरिने सहमति पत्रमा उल्लेख छ ।

सङ्घर्ष समितिले आगामी बैठकमा कम्पनीका तर्फबाट निर्णायक तहका उच्च पदाधिकारीहरू उपस्थित नभएमा आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी समेत दिएको छ ।

सहमति पत्रमा हाइड्रोपावर कम्पनीका तर्फबाट राजु खड्का, धिरज बस्नेत र मनिष बस्नेत तथा सङ्घर्ष समितिका तर्फबाट गेलु शेर्पा, विकास बस्नेत, मन्दीप थापा, उद्धव बस्नेत, फुरे तामाङ सहितका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सरकारी सुरक्षा निकायका अधिकारीहरू रोहवरमा उक्त सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३