विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ साउन २, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध जलविद्युत् कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो बजार मूल्यको समग्रमा ६ प्रतिशत गुमाउन पुगेका छन् । 

गत वर्ष भदौको जेन्जी आन्दोलन र जलविद्युत् कम्पनीहरूमा बढ्दो प्राकृतिक प्रकोपको प्रतिकूल प्रभावका बीच लगानीकर्ताको शेयर बजारप्रतिको खस्कँदो विश्वासका कारण यस उपक्षेत्रको धितोपत्र कारोबारमा नकारात्मक असर पर्न गएको कारोबारीहरु बताउँदछन् ।

गत आर्थिक वर्षमा नेप्से जलविद्युत् सूचकांक ५.८ प्रतिशतले घट्यो । उक्त आर्थिक वर्षको सुरुवाती ३,७५७.७९ अंकबाट घटेर अन्तिम कारोबार दिन बिहीबार सूचकांक ३,५३७.३० अंकमा पुगेर बन्द भयो ।

समीक्षा अवधिमा, बि.सं २०८२ को असोज ३० गते जलविद्युत् सूचकांक ३,१४७.७५ अंकको न्यूनतम विन्दुमा झर्यो । यसको छ महिनापछि बजार सुधारिएर बि.सं २०८३ को वैशाख २ गते ४,१२९.६८ अंकसम्म पुग्यो । यद्यपि, अन्तिम त्रैमासिकमा समग्र बजार घट्न गई जलविद्युत् क्षेत्रले पछिल्लो तीन महिनामा मात्र ५९२.३८ अंक गुमायो ।

बजार विश्लेषक र शेयर दलालहरूका अनुसार, जलविद्युत् क्षेत्रप्रति लगानीकर्ताको आकर्षक वर्षभरि नै कमजोर रह्यो, जसले गर्दा धितोपत्र बजारमा मागको कमी हुन गई मूल्यमा भारी गिरावट आयो । गत वर्षको मनसुन–प्रेरित बाढी पहिरोले जलविद्युत् पूर्वाधारमा पु¥याएको व्यापक क्षतिले समेत यस उपक्षेत्रको शेयर कारोबारमा नकारात्मक असर पारेको थियो ।

सरकारी अभिलेखहरुका अनुसार तीन प्रदेशका १० जिल्लाका ३२ जलविद्युत् परियोजनाहरूले बाढी–सम्बन्धित प्रकोपबाट गत वर्ष क्षति भोगेको देखाउँछ । जसले परियोजनाको सञ्चालन, उत्पादन, आम्दानी र नाफामा असर पुग्न गई लगानीकर्ताहरुको मनोबलमा गिरावट आएको देखिन्छ ।

समग्रमा दोस्रो बजार पनि गत आर्थिक वर्षमा उल्लेखनीय अस्थिरताबाट गुज्रियो । गत भदौमा भएको जेन जी सम्बन्धि गतिविधिपछि धितोपत्र बजार कारोबारमा कमी आएको देखिन्छ । गत आर्थिक वर्ष श्रावण ४ गतेका दिन दैनिक कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ रहेकोमा भदौ २३ गतेका दिन ७२ करोड ८७ लाख रुपैयाँमा सीमित हुन पुग्यो । फलस्वरूप, नेप्से सूचकांक श्रावण १३ गतेको ३,००२ अंकबाट असोज मसान्तमा २,४८७ अंकमा झर्यो ।

फागुन २१ गतेको आम निर्वाचन पछि बजारले पुनः गति लिदैं चैत्र ८ गते दैनिक कारोबार २३ अर्ब ५९ करोड रुपैयाँ सम्म पुग्यो । यद्यपि, सरकारले सम्पत्ति शुद्धीकरणका मुद्दाहरूमा कडाइ गर्दै कारवाहीलाई तीव्र पारेपछि लगानीकर्ताको मनोबल फेरि कमजोर हुन गएको देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३