विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडद्धारा सञ्चालित गौरिशंकर गाउँपालिका स्थित तल्लो खारे खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीमाथि स्थानीय अराजक समूहले कुटपिट तथा तोडफोड गर्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिहीबार (चैत १६ गते) विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

तोडफोडबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति पुर्याउनुको साथै कर्मचारीमाथि सांघातिक आक्रमण गरेको इपानले जनाएको छ । इपानले यस घटनाको घोर भत्र्सना र निन्दा गरेको छ ।

आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउनुका साथै घाईते भएका आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इप्पानले स्थानीय प्रशासनसँग माग गरेको छ ।

घटनामा संलग्न व्यक्तिहरूले कानूनी कारबाही अगाडि बढाएमा विद्युतगृह लगायत अन्य क्षेत्रमा पनि कर्मचारी र आयोजनाको अन्य सम्पत्ति माथि आक्रमण गर्ने धम्की अझै पनि दिइरहेको इपानले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थमा कर्मचारीहरू भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूती नहुँदा काम गर्ने मनोबल नरहेकोले नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायले सम्पूर्ण कर्मचारी र आयोजनाको सम्पत्तिको सुरक्षाको व्यवस्था अबिलम्ब मिलाई सुरक्षाको प्रत्याभूती गराउन आह्वान गरेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको श्रृंखलावद्ध रुपमा सामना गरिरहेको छ । प्रवद्र्धक एवम् कर्मचारीहरूलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउन विभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पु¥याउने र अवाञ्छित लाभ लिने नियोजित उद्देश्यले त्यस खालका आपराधिक, उच्श्रृंखल, अराजक र उदण्ड गतिविधि हुने गरेको इपानले जनाएको छ ।

यस प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनुको साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ इपान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कम्पनीले निर्माणकालदेखि आजसम्म स्थानीय सरोकार समिति र गाउँपालिकासँग समन्वय गरी स्थानीय जनताहरूको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण काम गर्दै आएको छ । स्थानीय तहमा विद्यालय, सिँचाइ, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षण लगायत कार्यहरूमा आर्थिक सहयोग पुर्याउँदै आएकोमा यस्तो असामाजिक र तोडफोडको कार्य हुनु निन्दनीय रहेको पन्थीको भनाइ छ । कम्पनीले गाउँपालिकासित समन्वय गरी हाल सडक मर्मतको कार्य पनि गरिरहेको जनाइएको छ ।

याे पनि पढ्नुहाेस

तल्लो खारे खोला जलविद्युत केन्द्रस्थलमा तोडफोड तथा कर्मचारीमाथि कुटपिट

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit