विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले सिभिल इन्जिनियरसमेत रहेकी अभिनेत्री सुरक्षा पन्तलाई सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । पन्त र कम्पनीबीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सिजी इलेक्ट्रिकले पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको कम्पनीले जनाएको छ । उनको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवाप्रदान गर्न सकिने विश्वास छ ।

पन्त तीन प्रमुख खण्डहरूमा सिजी इलेक्ट्रिकसँग जोडिनेछन्ः चिम्नी, सोलार हिटरर इलेक्ट्रिकउपकरणहरू । सिजी इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्ने विश्वास पनि गरिएको छ ।

पन्त र सि.जी. इलेक्ट्रिकदुबैले उत्कृष्टता, निष्ठा र ग्राहक सन्तुष्टिको साझा दृष्टिकोण राख्दछन्। यससहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरू माझपहुँच बढाउने शक्तिशालीसिनर्जी सिर्जना गर्ने अपेक्षागरिएको छ।

सहकार्यको बारेमा टिप्पणी गर्दै, सि.जी. का उपाध्यक्षश्री एससी साबूले भने, ‘उहाँलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा आवद्ध गर्न पाउँदा हामी खुसी छौं,’ उनले भने, ‘उहाँको अनुग्रह, प्रामाणिकता र कामप्रतिको समर्पण हाम्रो ब्रान्डको  मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ ।’ सन्तसँगको सहकार्यले सिजीको ब्रान्डलाई अर्को स्तरमा पुर्याउने समेत विश्वास गरिएको छ ।

पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘उत्कृष्टता प्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित भएको महसुस गरेकी छु’ उनले भनिन्, ‘चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित पनि छु ।’ सिजी इलेक्ट्रिकले अझ नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दै जाओस् ।’

पन्त र सिजी इलेक्ट्रिकबीचको सहकार्यले ग्राहकहरूलाई उत्प्रेरित गर्न र विद्युतीय उपकरण र नवीकरणीय ऊर्जाको बजारमा ब्रान्डको स्थिति बलियो बनाउन सहयोग गर्ने सिजीको विश्वास छ । यस साझेदारी अनुसार पन्त प्रिन्ट र डिजिटल अभियानहरू, सामाजिक सञ्जाल पहलहरू र सार्वजनिक उपस्थितिहरूमा फैलिएको विभिन्न प्रचारात्मक गतिविधिहरूमा संलग्न हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit