विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले १३८३ एमभीए क्षमताका ग्रीड सबस्टेसनहरू निर्माण पूरा गरी सञ्चालनमा ल्याएको हो ।

१०० एमभीएको न्यू बुटवल, ४६ एमभीएको मोतिपुर तथा सन्धिखर्क, ४५ एमभीएको मैनहिया, ३८ एमभीएको लाहाचोक सबस्टेसन निर्माण पूरा गरी सञ्चालनमा ल्याएको प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

यस्तै, ७९ एमभीएको नवलपरासी, ३० एमभीएको भरतपुर, १०० एमभीएको नयाँ खिम्ती, १० एमभिएको कीर्तिपुर, ६३ एमभीएको घोराही, ३० एमभीएको सिंगटी, ३० एमभीएको गर्जाङ, ४४६ एमभीएको इनरुवा, ६० एमभीएको बानेश्वर, २६० एमभीएको तुम्लिङटार सबस्टेसन गत वर्ष सञ्चालनमा आएका हुन् ।

यो अवधिमा प्राधिकरणले विभिन्न भोल्टेज लेभलका ६२८ सर्किट किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले २२० केभी र १३२ केभी क्षमताका लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

२२० केभी क्षमताका कोसी कोरिडोर, मर्स्याङदी–काठमाडौं, १३२ केभीका सोलु कोरिडोर, मतिपूर–सन्धिखर्क, बर्दघाट–सर्दी, बुटवल–मैनहिया र नयाँ मोदी–लाहाचोक प्र्रसारण लाइन पूरा गरी सञ्चालनमा ल्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

१०६ सर्किट किलोमिटरको कोसी कोरिडोर, १६४ सर्किट किलोमिटर लामो मर्स्याङदी–काठमाडौं लाइन पूरा भई सञ्चालनमा आएको छ । यस्तै, १८० सर्किट किलोमिटर सोलु कोरिडोर, ७४ किलोमिटर लामो मोतिपुर–सन्धिखर्क, २८ किलोमिटर लामो बर्दघाट–सर्दि, ३६ किलोमिटर लामो बुटवल–मैनहिया, र ४० किलोमिटर लामो नयाँ मोदी–लाहाचोक लाइन सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit