विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ऊर्जा क्षेत्रलाई समृद्धिको मुख्य आधारका रूपमा अघि सार्दै आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित सङ्‌कल्प-पत्र सार्वजनिक गरेको छ । पार्टीले जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार विस्तार, आन्तरिक खपत वृद्धि र क्षेत्रीय विद्युत् व्यापारलाई जोड दिँदै नेपाललाई दक्षिण एसियाको ऊर्जा केन्द्र बनाउने दीर्घकालीन योजना अघि सारेको छ ।

सङ्‌कल्प-पत्रमा नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको उल्लेख गर्दै उत्पादन, लगानी र नीतिगत स्थिरता सुनिश्चित गर्न सके ऊर्जा क्षेत्रले वैदेशिक मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण र रोजगारी सिर्जनामा निर्णायक योगदान दिने उल्लेख गरिएको छ । हालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार मेगावाटभन्दा कम रहेको उल्लेख गर्दै पार्टीले आगामी १० वर्षलाई ‘ऊर्जा उत्पादन दशक’ घोषणा गर्ने प्रस्ताव अघि सारेको छ । 

पार्टीले सन् २०३५ भित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य निर्धारण गरी त्यसका लागि स्पष्ट कार्ययोजना बनाउने प्रतिबद्धता जनाएको छ । यस क्रममा आवश्यक कानुनी सुधार, निजी क्षेत्रको सहभागिता विस्तार तथा उत्पादन–प्रसारण–व्यापारमा लगानीमैत्री वातावरण निर्माण गरिने उल्लेख गरिएको छ ।

ऊर्जा क्षेत्रलाई औद्योगिक विकाससँग जोड्ने नीति पनि सङ्‌कल्प-पत्रमा समेटिएको छ। उत्पादनमूलक उद्योग, मल कारखाना तथा विद्युतीय यातायातलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, खाना पकाउने प्रयोजनका लागि विद्युत् महसुल लागत मूल्यमा उपलब्ध गराउने तथा गरिबीको रेखामुनिका नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने नीति लिइने जनाइएको छ ।

त्यसैगरी, जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना सातै प्रदेशमा निर्माण गर्ने, हरित हाइड्रोजन उत्पादन प्रवर्द्धन गर्ने तथा भारत, बंगलादेश र चीनसँग क्षेत्रीय हरित ऊर्जा व्यापार विस्तार गर्ने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ । नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने र हरित ऊर्जा निर्यातकर्ता देशका रूपमा स्थापित गर्ने लक्ष्य पार्टीले राखेको छ ।

समग्रमा, ऊर्जा तथा विद्युत् क्षेत्रलाई आर्थिक विकास, औद्योगिकीकरण र रोजगारी सिर्जनाको प्रमुख आधार बनाउँदै दीर्घकालीन समृद्धिको मार्गचित्र निर्माण गर्ने पार्टीको घोषणा छ ।

सङ्‌कल्प-पत्र

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३