विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष डाँगीले यस्तो बताएका हुन् ।

‘विद्युत् प्राधिकरण र इपान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत् खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण उत्पादन, खपत र निर्यात वृद्धिमा लाग्नु पर्ने हो,’ डाँगीले भने, ‘तर बिडम्बना विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पिपिए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।’

ऊर्जा आयोजनामा सानाठूला लगानीकर्ताहरू गरी करिब ६५ लाख लगानीकर्ता आवद्ध भइसकेकोले ऊर्जा क्षेत्रका कुनै पनि नीति नियमहरू परिवर्तन गर्दा, सेयर बजारका नीति नियमहरू परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता मात्रै नभएर भोटरहरू पनि हुन भन्ने कुरा सबै राजनीतिक दलहरूले बुझ्नुपर्ने बेला आइसकेको पनि डाँगीले बताए ।

नेपाली भएका नाताले हामी सबैको पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एकअर्कालाई असहयोग गरेर बहादुरी प्रदर्शन गर्न समय खर्च नगरी उक्त समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत् उत्पादन बढाउन र निर्यात बढाउनमा खर्च गरी भावी सन्ततीलाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्न लाग्नुपर्ने बताए ।

विद्युत् प्राधिकरण र निजी क्षेत्रको योगदान बराबरी

गत आर्थिक वर्षबाट नेपाल खूद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात ९७.५ प्रतिशत पालिकाका विद्युत्को पहुँच पुर्‍याउनमा प्राधिकरणको जति योगदान छ त्यसमा निजी क्षेत्रले उत्पादनमा पुर्‍याएको योगदान पनि कुनै पनि कोणबाट त्योभन्दा कम नभएको समेत डाँगीले बताए ।

‘२०५५ सालमा विद्युत खरिद बिक्री दर (पिपिए) फाइनल भएपछिका २५ वर्षमा तत्कालिन अवस्थामा २५४ मेगावाट उत्पादन रहेको अवस्थाबाट अहिले ३६०० मेगावाट पुर्‍याउँदै खूद निर्यातकर्ता देश बन्न होस् वा ७३४ स्थानीय तहमा विद्युत् पहुँच पुर्‍याउन होस्, निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ,’ डाँगीले भने ।

१५ हजार मेगावाट निर्यातबाट वार्षिक ७ खर्ब आय हुने

नेपाल सरकारले लिएको लक्ष्य अनुसार २८ हजार ५०० मेगावाट उत्पादन पुर्‍याई १५ हजार मेगावाट निर्यात गर्न सके वार्षिक ५ देखि ७ खर्ब रुपैयाँ देशमा ल्याउन सकिने र हालको वार्षिक ४०० किलोवाट प्रतिव्यक्ती विद्युत् खपतलाई १५०० किलोवाट पुर्‍याएर १३ हजार ५०० मेगावाट खपत गर्न सके हालको अर्थतन्त्र लगभग ४ गुणाले वृद्धि हुने पनि डाँगीले बताए । 

उनले जलविद्युत्को लगानी अनुत्पादक नभएको बताउँदै विद्युत् उत्पादन भएपछि सरदर वार्षिक प्रतिमेगावाट ३ करोडका दरले आय हुने र आगामी १० वर्षसम्म वार्षिक २५०० मेगावाट विद्युत् उत्पादन गर्न सके करिब ४५ खर्ब लगानीयोग्य रकम आय भई सोही रकमले नेपाल सरकारले निर्धारण गरेको लक्ष्य पुरा गर्न सकिने पनि विश्वास व्यक्त गरे । 

३५०० मेगावाट निर्यातका संरचना तयार

अहिले भएका प्रसारण संरचनाबाट मात्रै ३ हजार ५०० मेगावाट विद्युत् निर्यात गर्न सकिने डाँगीले बताए । ‘वर्तमान अवस्थामा नेपालले उत्पादित विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभिएबाट १००० मेगावाट, ५ वटा १३२ केभिए प्रसारण लाइन (कुशहा–कटैया, रक्सौल–परवानीपुर, गण्डक– रामनगर, टनकपुर–महेन्द्रनगर र सम्पत्तीया–मैनहिया) बाट ५०० मेगावाट र अरुण तेस्रोको प्रसारण लाइनबाट लगभग २००० मेगावाट गरेर ३५०० मेगावाट भारत निर्यात गर्न सक्छ । तर हामीसंग यो क्षमतामा उत्पादन नै छैन । देशका विभिन्न ठाउँमा रहेका प्रसारण लाइनका बोटलनेकहरूमा निजी क्षेत्र संलग्न भई प्रसारण लाइन निर्माण गरिरहेको र थप योगदान गर्न पनि तयार रहेको अनुरोध गर्दछु,’ उनले भने । 

वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जामन्त्री खड्कालाई विद्युत् प्राधिकरणसँग सम्बन्धित समस्या र नेपालको ऊर्जा क्षेत्रमा रहेका अन्य समस्यासमेतको स्थायी समाधानका लागि विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र निजी क्षेत्रलाई दिएर स्वर्गीय शैलजा आचार्यको जस्तै इतिहास रच्न पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३