विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका ७४ जिल्लाका ९० प्रतिशतको घरमा  राष्ट्रिय प्रसारण प्रणालीकाे  विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरण र सामुदायिक संस्थामार्फत विद्युतीकरण गरी करिब ५१ लाख घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे  विद्युत पहुँच पुर्याइएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणले मंगलबार ३६औं वार्षिकाेत्सवका अवसरमा गत साउन १८ गते जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत जोडिएसँगै ७४ वटा जिल्लामा विद्युत सेवा विस्तार भएको जनाएकाे छ ।  प्राधिकरणकाे विद्युत सेवा लिने ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । बाँकी साढे ५ लाख जनतामा सामुदायिक संस्थामार्फत विद्युतीकरण गरिएकाे हाे । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष (२०७७/७८) मा ग्राहककाे संख्या ७.३७ प्रतिशत  बढेकाे पनि प्राधिकरणले जनाएकाे छ । अघिल्लो वर्ष प्राधिकरणकाे विद्युत सेवा लिने ग्राहककाे संख्या ४२ लाख २२ हजार थियो ।

प्राधिकरणले कोरोना महामारीका बाबजुद गत आर्थिक वर्षसम्ममा जम्मा ३२ जिल्लामा पूर्ण विद्युतीकरण गरेकाे छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पुर्याइएको छ ।

सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ९९.०५ प्रतिशत जनताको घरमा विद्युत पहुँच पुगेको छ । सबैभन्दा थोरै कर्णालीमा ३४.७५ प्रतिशतको घरमा विद्युत पहुँच पुगेको छ । विद्युत सेवा नपुगेका बाँकी, डोल्पा, हुम्ला र मुगु जिल्लामा पनि चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युत सेवा पुर्याउने प्राधिकरणकाे लक्ष्य छ । अगामी २ वर्षभित्र शतप्रतिशत विद्युतीकरण सम्पन्न गर्ने प्राधिकरणकाे याेजना छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit