विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले त्यहाँका कर्मचारीलाई बोनसको आश नगर्न भनेकी छन् । प्राधिकरणले गत आर्थिक वर्षमा मनग्गे नाफा आर्जन गरेको हुँदा बोनस पाउनुपर्ने बताइरहँदा उनले सरकारले तलब बढाएको हुँदा त्यता नसोच्न आग्रह गरेकी हुन् ।

बुधबार (भदौ १ गते) आयोजित प्राधिकरणको ३७औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री भुसालले नाफाको अंक बढाउन बरु इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरिन् । प्राधिकरणका आगामी दिन सुनौला हुनुका साथै चुनौतीपूर्ण पनि रहेको हुँदा यसतर्फ सबै कर्मचारी चनाखो हुनुपर्ने उनको भनाइ थियो ।

सरकारले १५ प्रतिशतका दरले सबै सरकारी कर्मचारीको तलब सुविधा बढाइदिएको हुँदा त्यसमाथि पुनः बोनस पाउनुपर्ने माग उचित नरहेको उनले बताइन् । ‘प्राधिकरण भर्खर नाफामा जाँदैछ, त्यो नाफा गुणस्तरीय सेवा विस्तार, सेवाको पहुँच र पूर्वाधारमा खर्च गर्नुपर्छ,’ उनले भनिन्, ‘तपाईं कर्मचारीलाई मात्र बोनस दिएर हुँदैन, अरब र खाडीमा गएर दुःख गर्ने नागरिकका लागि पनि सोचिदिनुुस् ।’

सबै सार्वजनिक संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई बोनस सुविधा दिने गरेको उल्लेख गर्दै प्राधिकरण सम्बद्ध ट्रेड युनियन कर्मचारीका नेताले सोको माग राखेका थिए । मन्त्रीले भने सोझै बोनस दिन नसकिने र त्यसको आश गर्न जरुरी नरहेको पनि स्पष्ट पारेकी थिइन् ।

प्राधिकरणले आर्थिक वर्ष (आव) २०७८/७९ मा १६ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । साथै, संस्थाको वार्षिक आम्दानी १ खर्ब रुपैयाँ नाघेको, विद्युत चुहावटबाट मात्र २ अर्ब रुपैयाँ आम्दानी भएको, ९३ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको लगायत विवरण बाहिर ल्याएको छ ।

सोही क्रममा मन्त्री भुसालले प्राधिकरणमा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीका रूपान्तरण गर्ने निर्णय भएको र यससम्बन्धी कार्यविधि बनाएर छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिइन् । कर्मचारीहरूको सेवा सुविधा र प्रोत्साहनमा आफू संवेदनशील रहेको तर केन्द्रमा बसेर कार्यस्थलको भत्ता खाने, भ्रष्टाचारजन्य गतिविधि गर्ने प्रति आफू कडा रूपमा प्रस्तुत हुने बताइन् ।

प्राधिकरणका अनुसार गत आवमा नाफा आर्जन गर्न सबैभन्दा बढी योगदान ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको रहेको छ । साथै, गत आवमा प्रणालीमा ७३५ मेगावाट विद्युत थप भएको जसमध्ये २७९ मेगावाट निजी क्षेत्रको योगदान रहेको उल्लेख छ ।

हालसम्म प्रणालीमा कूल जडित विद्युत क्षमता २१९० मेगावाट, विद्युत उपभोग गर्ने ग्राहक (सामुदायिक समेत) ५३ लाख तथा प्रतिव्यक्ति ऊर्जा खपत ३३० युनिट पुगेको प्राधिकरणको तथ्यांकको उल्लेख छ । गत वर्ष प्राधिकरणका आफ्ना विद्युतगृहबाट १६ प्रतिशत विद्युत बढी उत्पादन भएको, सोही अवधिमा ४५५ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको पनि जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा कर्मचारीका माग तथा गुनासाहरू सम्बोधन गर्दै संस्थालाई अझ नाफामूलक बनाउने प्रतिबद्धता जनाए । यसै आवदेखि प्राधिकरणको सहायक कम्पनी नेपाल पावर टे«ड कम्पनीले विद्युत निर्यात सुरु गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit