विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज १, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि हाल कायम चुक्ता पुँजी ९० करोड ९९ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख ९० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा कर प्रयोजनका लागि ०.५२९६ प्रतिशत अर्थात् ४८ लाख ६४ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांशसमेत प्रस्ताव गरिएको छ । कम्पनीले बोनस सेयर तथा नगद लाभांश वितरणको प्रस्ताव विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने जनाएको छ ।

कम्पनीले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा सेयरधनीलाई लाभांश उपलब्ध गराउने जनाएको छ। पत्रमा बोनस सेयरसम्बन्धी प्रस्तावको जानकारी नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ तथा विद्युत् नियमन आयोगलगायत सम्बन्धित निकायलाई गराइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३