विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज १, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
'जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३' जारी

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका, जोमसोममा आयोजित दुई दिने 'घरपझोङ जलवायु परिवर्तन सम्मेलन' ऐतिहासिक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओजोन दिवसका अवसर पारेर भदौ ३१ गते जारी गरिएको 'जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३' ले 'हिमालको आवाज, स्थानीय तहको सङ्‌कल्प र जलवायु न्यायको साझा प्रतिबद्धता'लाई मुख्य नाराका रूपमा अघि सारेको छ । 

देशभरका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा जारी घोषणापत्रले जलवायु सङ्‌कटविरुद्ध स्थानीय तहको सामूहिक जिम्मेवारी र नेतृत्वको अवधारणा अघि बढाएको छ ।

घोषणापत्रमा हिमाली क्षेत्रमा तीव्र गतिमा पग्लिरहेका हिमनदी, अनियन्त्रित हिमताल विस्तार तथा विष्फोट, बाढी, पहिरो, खडेरी र जलवायुजन्य विपद्प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि, जलस्रोत, जैविक विविधता, पर्यटन, पूर्वाधार र स्थानीय जीविकोपार्जनमा परेको प्रत्यक्ष असरलाई सम्बोधन गर्न स्थानीय तहहरूले एकजुट भएर काम गर्ने संकल्प गरेका छन् । विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय र कृषकहरू जलवायु संकटबाट बढी प्रभावित हुने भएकाले नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने जनाइएको छ ।

जलवायु न्याय र उत्थानशील अर्थतन्त्र निर्माणका लागि सम्मेलनले महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ । स्थानीय तहमा जोखिम अनुसारको 'स्थानीय जलवायु कोष' स्थापना गर्ने, हरित रोजगारी तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने, र सार्वजनिक निकायहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरूत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, देशका ७६३ वटै स्थानीय सरकारको साझा पहिचानका रूपमा घरपझोङको जोमसोममा 'स्थानीय सरकार जलवायु पार्क' स्थापना गर्ने सङ्‌कल्प लिइएको छ । पुस्तौँदेखि चलिआएको परम्परागत र स्थानीय ज्ञानलाई आधुनिक विज्ञान र प्रविधिसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रमहरू सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

संघ, प्रदेश र अन्तर्राष्ट्रिय समुदायसमक्ष विशेष आह्वान गर्दै घोषणापत्रले पेरिस सम्झौता बमोजिम विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न र 'ग्लोबल स्टकटेक' का निष्कर्षहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । हिमाली क्षेत्रमा जलवायु संकटको वैज्ञानिक अध्ययन, हिमताल निगरानी र पूर्वसूचना प्रणालीको विस्तारका लागि पर्याप्त वित्त तथा प्रविधिको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

'स्थानीय तह बलियो भए जलवायु उत्थानशीलता बलियो हुन्छ र हिमाल सुरक्षित भए मानव सभ्यताको भविष्य सुरक्षित हुन्छ' भन्ने मूल मान्यताका साथ 'हिमाल बचाऔँ, जलवायु बचाऔँ; प्रकृति बचाऔँ, मानव भविष्य बचाऔँ' भन्ने साझा आह्वान गर्दै सम्मेलनको समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३