विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको बाँकी बक्यौता ९० करोड रुपैयाँ पुगेको छ । वितरण केन्द्रले ग्राहकबाट नियमित विद्युत महसुल उठाउन नसक्दा बक्यौता रकम बढ्दै गएको हो ।

ग्राहकले हरेक महिना विद्युत महसुल नियमित नबुझाउँदा बक्याैता बढेर ९० करोड नाघेकाे वितरण केन्द्रका लेखा प्रमुख राजेशकुमार झाले बताए । उनका अनुसार बक्यौता रकम बढ्दै गएपछि वितरण केन्द्रले ग्राहककाे लाइन काटेर असुल्न सुरु गरेकाे छ ।

‘ग्राहकले विद्युत उपयोग गरेको महसुल हरेक महिना बुझाउनु पर्ने हो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, ग्राहकबाट वर्षौंदेखिको महसुल उठाउन बाँकी रहेकाले अब कडाइका साथ लाइन काटेर असुल्ने काम गरिरहेका छौं ।’ उनले चालू आर्थिक वर्षको ५ महिनामा ७ करोड २० लाख रुपैयाँ विद्युत बक्यौता उठाएको बताए ।

याे अविधमा महसुल तिर्न अटेर गर्ने ७ सय ७५ जना ग्राहकको लाइन काटेर कारबाही गरिएकाे छ । यी ग्राहकबाट करिब ८ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी थियो । जसमा ७ कराेड २० लाख रुपैयाँ उठिसकेकाे छ ।

लाइन काटिएका ग्राहकमध्ये ६ सय ८५ जनाले जरिवाना सहितको याे रकम वितरण केन्द्रमा बुझाएकाे झाले बताए । विद्युत बक्याैता बुझाएपछि उनीहरुको लाइन पुनःजोडिएको छ । अब ९० ग्राहकबाट जरिवाना सहितको विद्युत बक्याैता उठाउन बाँकी छ । बाँकी बक्याैता तिरेपछि मात्रै उनीहरूकाे लाइन जाेडिने वितरण केन्द्रले जनाएकाे छ ।

वितरण केन्द्रले ३ महिनाभन्दा बढी समयसम्म विद्युत महसुल नतिरेका वा विद्युत बक्याैता ५० हजार रुपैयाँ पुगेका सबै ग्राहकको लाइन धमाधम काटिरहेकाे छ । चालू आर्थिक वर्षदेखि लाइन काटेर बक्यौता असुली गर्ने कामलाई तीव्र गतिमा अघि बढाएको पनि झाले बताए ।

वितरण केन्द्र अन्तर्गत ५० हजार २ सय २३ ग्राहकले विद्युत सेवा लिइरहेका छन् । वितरण केन्द्र अन्तर्गतकाे वितरण प्रणालीबाट साढे ३ प्रतिशत विद्युत चुहावट भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit