विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबर डटकम र ऊर्जा खबर अर्धवार्षिक म्यागेजिन सञ्चालन तथा प्रकाशन गर्दै आएकाे इनर्जी इन्फर्मेशन सेन्टर प्रालिको प्रमुख वित्त अधिकृत (सिएफओ) मा चार्टर्ड एकाउन्टेन्ट (सिए) कृष्ण काफ्ले नियुक्त भएका छन् । कम्पनीले माघ १ गतेदेखि लागु हुने गरी उनलाई सिएफओ नियुक्त गरेको हो । 

काफ्लेसँग भारत र नेपालका फर्म तथा कम्पनीमा लेखा शाखाअन्तर्गत विभिन्न पदीय जिम्मेवारीमा रहेर एक दशकभन्दा बढी समय काम गरेको अनुभव छ । बिजनेश कन्सल्ट्यान्टका रूपमा समेत नेपालका केही कम्पनीमा काम गरेका उनले पछिल्लो समय नेपालकै चर्चित एक अडिट फर्ममा अडिट एन्ड एस्योरेन्स म्यानेजरका रूपमा कार्यरत थिए । 

काफ्लेले द इस्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स् अफ इन्डिया (आइसिएआई) बाट सिए उत्तीर्ण गरेका छन् । साथै उनले इन्दिरागन्धी नेशनल ओपन युनिभर्सिटी इन्डियाबाट फाइनान्स एन्ड एकाउन्ट्स विषयमा स्नातकसमेत उत्तीर्ण गरेका छन् । 

सम्बन्धित विषयमा लामो समयकाे कार्यानुभव हासिल गरेका काफ्लेको नियुक्तिले कम्पनीको व्यवसायिक विकास तथा वित्तीय सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा इनर्जी इन्फमेशन सेन्टर प्रालिले गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit