विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत ३६ जना कर्मचारीले ‘नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ’ गठन गरेका छन् । इनद्रप्रसाद न्यौपानेको संयोजकत्वमा गठन भएको संघको तदर्थ समितिमा गजेन्द्र सिंह थापा र सहदेव थापा संस्थापक सल्लाहकार रहेका छन् । त्यस्तै, महेश्वरदत्त पनेरु तदर्थ समितिको सह–संयोजक रहेका छन् । अन्य ३३ जना कर्मचारी सदस्य रहेका छन् ।

यसअघि नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघमा आवद्ध उल्लिखित ३६ सदस्यले साउन २७ गते सामूहिक राजीनामा दिएका थिए । कर्मचारी संघको नेतृत्व तानाशाही शैलीमा अघि बढेको, सामूहिक हितको मुद्दा छाडेर प्राधिकरण व्यवस्थापनसँग व्यक्तिगत लाभका लागि अघि बढेको, संगठनमा आन्तरिक गुट निर्माण गरेको जस्ता आरोप लगाउँदै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।

यस्तो छ ऊर्जाशील कर्मचारी संघको विज्ञप्ति


यो पनि पढ्नुहोस्  : नेविप्रा कर्मचारी संघका ३६ सदस्यद्वारा सामूहिक राजीनामा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३