विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आन्तरिक प्रसारण प्रणाली सुधार र औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिनका लागि निर्माण गरिएको १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन आयोजनाको काम सुरु भएको साढे ३ वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् । विश्वव्यापीमा रुपमा फैलिएको कोरोना महामारीका कारण काम प्रभावित हुँदा यती लामो समयसम्म पनि २० किलोमिटर लामो लाइन पुरा हुन नसकेको हो ।

२०७५ जेठदेखि निर्माण सुरु भएको लाइनमा कोरोना महामारीका कारण पहिलो, दोस्रो निषेधाज्ञाले प्रभाव पार्दा सञ्चालन अवधि लम्बिएको आयोजना प्रमुख हरि पाण्डेले बताए । उनका अनुसार अहिले भने लाइनको काम अन्तिम चरणमा पुगेको छ । लाइनको ५७ वटै टावर खडा भइसेकेका छन् । तार तान्ने काम आगामी एक हप्ताभित्र सुरु हुनेछ ।

‘तार तान्ने काम बढीमा २ महिनाभित्र पूरा हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘२ किलोमिटर भुमिगत लाइनको पनि १४ सय मिटर पाइप बिछ्याइसकिएको छ ।’ लाइनको सबै काम पूरा गरेर आगामी फागुनभित्र सञ्चालन गर्ने लक्ष्य रहेको पाण्डेले बताए ।

प्रसारण लाइनको काम गत असारमानै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नु पर्ने तालिका थियो, तर कोरोना महामारीका कारण भएको निषेधाज्ञाले काम प्रभावित भएको पाण्डेले बताए । दोस्रो लहरका बेला लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा काम सम्पन्न हुन सकेन र सञ्चालन तालिका धकेलिन पुगेको हो ।

प्रसारण लाइन अन्तर्गत निर्माण भइरहेको मैनहिया सबस्टेनको काम पनि अन्तिम  चरणमा पुगेको छ । सबस्टेसनमा अब पावर ट्रान्सफर्मर जडान गर्न मात्र बाँकी छ ।

सबस्टेसनमा जडान हुने २ वटा ट्रान्सफर्मर भन्सार विभागमा आइसकेको छ । आगामी एक साताभित्र आयोजनास्थलमा आइपुग्ने उनले बताए । सबस्टेसनमा जडान हुने पावर ट्रान्सफर्मर भारतको सिजिएल कम्पनीबाट ल्याइएको हो । यसअघि आइएमटी कम्पनीबाट ल्याउने सम्झौता भएपनि कम्पनीले ढिला गरेकोले ठेक्का तोडेर सिजिएललाई दिएको हाे ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबीए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्त रुपमा गरिरहेका छन । सबस्टेसनको काम हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रदेश–५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उद्योगमा विद्युत सेवा गुणस्तरीय र दिगो बनाउने गरी वा भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

यो प्रसारण लाइन निर्माण हुँदा रुपन्देहीको भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणले नियमित गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । लाइन सञ्चालनमा आएपछि चुहावट घट्नुका साथै प्रसारण क्षेत्रता सुदृढ हुनेछ । यो लाइन पूरा भएपछि यसबाट २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit