विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपालले पाँच सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको छ । एमसिए नेपालले ४ सय केभी क्षमताका पाँच ठूला सबस्टेसन निर्माण गर्न ठेक्का आह्वान गरेको हो ।

एमसिएले तीन लटमा सबस्टेसन निर्माण गर्न अन्तर्राष्ट्रिय बोलपपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ । पहिलो  लटमा रातोमाटे, लप्सिफेदी र न्यु हेटौंडा सबस्टेसन, दोस्रो लटमा बुटवल सबस्टेसन र तेस्रो लटमा दमौली सबस्टेसन बनाउने योजना छ ।

इच्छुकले आगामी २०२३ जुन ३० तारिख (२०८० असार ३० गते शुक्रबार) सम्म आवेदन दिनुपर्नेछ । प्रतिस्पर्धाबाट छनौट हुने निर्माण व्यवसायीले सबस्टेसनको डिजाइन, आपूर्ति, जडान, परीक्षण सञ्चालन गर्नुपर्ने छ ।

सबस्टेसनका लागि थोरै जग्गा आवश्यक पर्ने भएकाले अधिग्रहणको काम पनि सकिएको एमसिए नेपालले जनाएको  छ । सबस्टेसन पूरा भएपछि काठमाडौं, नुवाकोट, हेटौंडा, दमौली, बुटवल र प्रस्तावित बुटबल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतमा बिजुली पुग्ने छ ।

एमसिए नेपालले २०२२ नोभेम्बर २८ मा प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । लप्सिफेदी–रातमाटे–हेटौंडा १ सय १७ किलोमिटर, रातमाटे–न्युदमौली ९० किलोमिटर र न्युदमौली–भारत सीमासम्म १ सय ८ किलोमिटर गरी तीन प्याकेजमा प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइनको लम्बाइ ३ सय १४ किलोमिटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit