विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रदेश २ का ८ जिल्लाहरूको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न बुधबार (चैत ४ गते) भारतको टाटा प्रोजेक्ट लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ ।

करिब ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कामका लागि प्राधिकरणले गरेको अन्तराष्ट्रिय ठेक्का सबैभन्दा कम रकम बोलकबोल गरेको टाटा प्रोजेक्टसँग सम्झौता गरिएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) मार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट आयोजना प्रमुखहरू विमल चौधरी (लट १), रोशन खड्का (लट २ र ४), रन्धिर पाठक (लट ३) र अमित भगत (लट ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरू वसन्त नेपाल र विसम विनोद खनालले र टाटा प्रोजेक्टका तर्फबाट महाप्रबन्धकहरू श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरेका छन् । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आयोजनामार्फत प्रदेश २ मा पर्ने जिल्लाहरूको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरूसहितका ३३÷११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिनेछ । यसैगरी, ३३÷११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश २ का जिल्लाहरूमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत सञ्चालित हुनेछ ।

काम सम्पन्नपश्चात प्रदेश २ को समग्र विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र घरायसी ग्राहकहरूले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदारलाई आग्रह पनि गरे ।

निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दिप कुमारले प्रतिबद्धता जनाए । आयोजनाबाट प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ । ठेक्का सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारी, एसियाली विकास बैकका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit