images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कास्कीमा ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजना निर्माण गरिरहेको झ्यामोलोङ्गमा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २२औं साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा आगामी २४ गते (शनिबार) हुने तय भएको हो ।

पोखरा–७ मा हुने साधारणसभामा ५१ लाख कित्ता सेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरूमा छलफल हुने कम्पनीले जानकारी दिएको छ । सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष (आव) २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरूमा छलफल गरी पारित गरिनेछ । 

आव २०८०/८१ को लेखापरिक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा पनि छलफल गर्ने प्रस्ताव छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण र वैदेशिक रोजगारीमा गएका नागरिकहरूलाई छुट्याएको सेयर निष्कासन गर्ने भएको हो । सभाले प्रस्ताव पारित गरेपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइनेछ । 

कम्पनीले कास्कीको माछापुच्छ्रे गाँउपालिकामा ३२ मेगावाटको करूवा सेती जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit