विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाङ जिल्लाको नासो र चामे गाउँपालिकामा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनामा खटाउने गरी १० कर्मचारी माग गरिएको छ । मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाका लागि कर्मचारी माग गरिएको हो ।

एक जना व्यावसायिक प्रबन्धक, एक जना सुरक्षा निर्देशक, एक जना सिभिल इन्जिनियर, २ जना डिजाईन इन्जिनियर, एक जना सुरक्षा इन्जिनियर, २ जना साइट प्राविधिक, एक जना चाइनिज अनुवादक र एक जना चाइनिज कुक माग गरेको कम्पनीले जनाएको छ ।

व्यावसायिक प्रबन्धक र सुरक्षा निर्देशकका लागि इन्जिनियरीङमा स्नातक गरी ४ वर्षको अनुभव हुनुपर्नेछ । यस्तै, सुरक्षा निर्देशक, सिभिल इन्जिनियर, सुरक्षा इन्जिनियरका लागि पनि इन्जिसनयरीङमा स्नातक गरी ३ वर्षको अनुभव हुनुपर्नेछ ।

साइट प्राविधिक, अनुवादक र कुकका लागि सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव हुने पर्ने कम्पनीले जनाएको छ ।  इच्छुकले आगामी ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताकोे प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदमध्ये प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगरीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit