विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनसुन सक्रिय भएपछि केही दिनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा प्रसारण तथा वितरण लाइनका विद्युतीय संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण गण्डकी प्रादेशिक र नेपालगन्ज डिभिजन कार्यालयअन्तर्गतका दर्जनो. ठाउँमा वितरण लाइनका पोलमा क्षति पुगेको हो ।

उक्त कार्यालयका अनुसार सहर तथा ग्रामीण क्षेत्रसम्म ठाउँ–ठाउँमा वितरण लाइनका २३१ वटा विद्युतीय पोलमा क्षति पुगेको नेपाल प्राधिकरणले जानकारी दिएको छ । केही स्थानमा सबस्टेसनमै बाढी पसेको छ भने कतिपय ठाउामा ट्रान्सफर्मर पड्केका छन् ।

गण्डकी प्रदेशअन्तर्गत करिब डेढ सय बढी विद्युतीय पोलमा क्षति पुगेको प्रादेशिक कार्यलय प्रमुख श्रीराम पोखरेलले बताए । उनका अनुसार यस कार्यालयअन्तर्गत तनहुँ, स्याङ्जा, म्याग्दी, लेखनाथ, बागलुङ वितरण केन्द्रबाट विद्युतीकरण गरिएका संरचनामा बढी क्षति पुगेको छ ।

तनहुँ वितरण केन्द्र अन्तर्गत २९ वटा पोलमा क्षति पुगेको केन्द्र प्रमुख सोभितबहादुर क्षेत्रीले बताए । उनका अनुसार आँबुखैरेनी सबस्टेसनबाट ११ केभी लाइनको १४ वटा पोलमा क्षति पुग्दा मुग्लिन बजारदेखि मनकामना केबलकार र धादिङ क्षेत्रका विद्युत सेवा बन्द भएको थियो । तर, अहिले यस क्षेत्रमा सेवा सुचारु भइसकेको जनाइएको छ । उता मानुङकोट र म्याग्दे गाउँपालिकामा २÷२, भट्टराई चोकमा ३ वटा पोलमा क्षति पुगेको छ । 

यसैगरी, चुरेखोल्सी, रिसीङलगायत क्षेत्रका विद्युतीय संरचनामा क्षति पुग्दा सेवा बन्द भएको थियो । अहिले लाइन मर्मत गर्दै गरेर चालु गरिएको क्षेत्रीले बताए । ‘आज (शुक्रबार) सम्म सबै क्षेत्रको सेवा सुचारु गरिनेछ,’ उनले भने । केन्द्र अन्तर्गत ३९ हजार ग्राहक छन् ।

उता स्याङजा वितरण केन्द्र अन्तर्गत २० वटा पोलमा क्षति पुगेका केन्द्र प्रमुख दीलिप मरासिनीले जानकारी दिए । ‘पोल र लाइन मर्मत गरेर सेवा सुचारु भइसकेको छ, केन्द्र अन्तर्गत मिर्मी उप–वितरण केन्द्र अन्तर्गत २ वटा ट्रान्सफर्मर बन्द छन्,’ उनले भने, ‘कालीगण्डकीमा आएको बाढीले सेतीबेनी क्षेत्र डुबानमा पर्दा ट्रान्सफर्मर पड्केको छ । यो क्षेत्रको लाइन आज साँझसम्म सुचारु गरिनेछ ।’

लमजुङ वितरण केन्द्र अन्तर्गत भने खासै समस्या नआएको केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् । केन्द्र अन्तर्गत करिब ८ सय ग्राहक छन् । सामुदायिक संस्थाले विद्युत वितरण गर्ने मर्स्याङ्दी, दोर्दी र खोला सोथार गाउँपालिकामा बढी क्षति पुगेको उनको भनाइ छ । मर्स्याङदीमा करिब ३८ थान, दोर्दीमा १९ थान पोल बाढीले बगाएको छ ।

मर्स्याङदीमा लमजुङ विद्युत उपभोक्ता संस्थाले विद्युत वितरण गरिरहेको छ । यस  अन्तर्गत करिब ३२ हजार ग्राहक छन् । दोर्दीमा मेमे पोखरी सामुदायिक समितीले विद्युत वितरण गरिरहेको छ । यस अन्तर्गत ६ सय ग्राहक छन् ।

केन्द्रका अनुसार करिब १५०० सय ग्राहक रहेको खोला सोथारमा पाँचगाउँ सामुदायिक समितिले विद्युत वितरण गरिरहेको छ । यस गाउँपालिकाको पाँचगाउँमा २ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

म्याग्दी जिल्लाको ग्याग्दी वितरण केन्द्र अन्तर्गत बेनी नगरपालिका ६ डम्बरामा ११ केभी प्रसारण लाइन पहिरोले क्षति पुर्याएको केन्द्र प्रमुख प्रशान्तकुमार झाले बताए । ‘उक्त फिडरबाट सञ्चालन हुने मंगला, मालिका तथा धौलागिरि गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध छ,’ उनले भने, ‘नगरपालिको ४ वटा पोल बगाएको छ, ७ वटा पोल ढलेको छ ।

मंगला गाउँपालिकाको वडा नम्बर २ को कुहु सामुदायिक समिति अन्तर्गतको ३ थान पोल र वडा नम्बर ५ को ३ वटा पोल बगाएको उनले जानकारी दिए । उता पर्वत जिल्लाको जलजला गाउँपालिकामा ३ थान पोल बगाएको छ । रहुगंगा गाउँपालिकाको ३, धौलागिरी गाउँपालिकाको ४ र मालिका

गाउपालिकाको २ वटा पोलमा क्षति पुगेको छ । लेखनाथ वितरण केन्द्रमा १५, बागलुङ वितरण केन्द्र अन्तर्गत १३ वटा पोलमा क्षति पुगेको छ ।

नेपालगन्ज डिभिजन

यस कार्यलय अन्तर्गत करिब ६५ पोलमा क्षति पुगेको र २० वटा ट्रान्सफर्मर पड्केको कार्यालय प्रमुख सुरज गौतमले बताए । उनका अनुसार रुकुम पूर्व, बर्दिया, दाङ, रोल्पा वितरण केन्द्र अन्तर्गतका संरचनामा बढी क्षतिी पुगेको छ । ‘गुलरिया, भुरिगाउँ, नेपालगन्ज र घोराही सबसटेसनको पावर केबल पड्केको छ,’ उनले भने ।

घोराही सबस्टेसनको मर्मत भइरहेको तथा अरू ठाउँमा सञ्चालनमा ल्याइसकिएको उनले जानकारी दिए । ‘सबस्टेसन र ट्रान्सफर्मरमा पानी पसेर लाइटिङ एरेस्टर पड्किँदा विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ,’ उनले भने, ‘सहरी क्षेत्रमा सहज हुँदैछ तर प्राविधिक टोली पुग्न नसकेका दुर्गम ग्रामीण भेगमा सेवा सुचारु हुन अझै केही दिन लाग्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit