विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लामा निर्माण सम्पन्न १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाले आगामी २५ गतेदेखि व्यपारिक उत्पादन सुरु गर्ने भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको उक्त आयोजनाले तीन सातापछि व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो ।

आयोजनाको सबै संरचना निर्माणकाे काम पुरा गरी अहिले आन्तरिक परीक्षणको काम भइरहेको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘आन्तरिक परीक्षण अन्तिम चरणमा पुगेकाे छ, अहिले मेसिन घुमाएर परीक्षण भइरहेकाे छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत प्रणालीमा जाेड्नका लागि नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेली ल्याउने तयारी भइरहेकाे छ, टाेलीहरू आयाेजनास्थल आएर परिक्षण गरेपछि बिजुली प्रणालीमा जाेडिनेछ ।’

विद्युत जाेडिएकाे दिनदेखि १५ दिन (दुई साता) प्राधिकरणले परिक्षण गर्नेछ, त्यसपछि मात्र व्यापारिक उत्पादन सुरु हुने देवकाेटाले बताए । आयोजनाबाट वार्षिक ७८.६५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृहदेखि ८ किलोमिटर दुरीमा रहेको प्राधिकरणको दाना सबस्टेनमा  जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आफैले निर्माण गरेको कम्पनीले जनाएको छ ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट  यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभावलगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरेको थियो तर कोरोना माहामारीको कारणले गर्दा केही लागत बढेको कम्पनीले जानकारी दिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ । कम्पनीले उक्तआयोजनाको काम २०७५ सालदेखि सुरु गरेको थियो ।

आयोजनाको थप विवरण :

आयोजनाको नाम : घार खोला

प्रवर्द्धक : म्याग्दी हाइड्रो पावर कम्पनी

जिल्ला : म्याग्दी

क्षमता : १४ मेगावाट

निर्माण सुरु भएको मिति : २०७५ साल

पाइपालाइन : १२०० मिटर

सुरुङ : ३५०० मिटर

उत्पादन लक्ष्य : २०८० जेठभित्र

विद्युत जोडिने विन्दु : दाना सबस्टेसन

प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर

अनुमानित लागत :  २ अर्ब ४२ करोड रुपैयाँ

वार्षिक ऊर्जा  उत्पादन : ७८.६५ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३