images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बुढीगण्डकी जलविद्युत आयोजना

काठमाडौं । गोरखा र धादिङ जिल्ला सीमानाको बुढीगण्डकी नदीमा पहिचान भएको १२०० मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेड कम्पनी दर्ता भएको छ ।

लामो समयदेखि चर्चामा रहेको आयोजना निर्माण तथा विद्युत उत्पादन गरी बिक्री वितरण गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७९ साउन १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेको हो ।

कम्पनीको स्थापना गर्ने सम्बन्धी निर्णय भएको लामो समय भइसक्दा पनि प्रक्रिया अगाडि नबढेको भन्दै चौतर्फी चासो व्यक्त हुँदै आएको थियो । गत आइतबार (भदौ १२ गते) ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि ऊर्जामन्त्री पम्फा भुसालले केही प्राविधिक समस्याले गर्दा कम्पनी दर्ता हुन समय लागेको बताएकी थिइन् ।

कम्पनी दर्ता भएसँगै अब आयोजनाको काम तिव्र गतिमा अघि बढ्नेछ । आयोजना निर्माण पूरा गर्न २ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कम्पनीको सिँचाइका लागि पानी उपलब्ध गराउने, मत्स्य पालनलगायत आर्य आर्जनका अन्य कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास गरी पर्यटन व्यवसायबाट अर्थतन्त्र विकास गर्ने योजना छ ।

कम्पनी दर्ता भएपछि अधिकृत पूँजी २० अर्ब र जारी पूँजी २० अर्ब रुपैयाँ हुने कम्पनीको प्रबन्धपत्र उल्लेख छ । कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजी १६ अर्ब रुपैयाँ हुनेछ ।

जारी पूँजीबाट स्थानीय र सर्वसाधारणको लागि १०÷१० प्रतिशत गरी २० प्रतिशत सेयर छुट्याएको छ । कम्पनीमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको ५० प्रतिशत, अर्थ मन्त्रालयको ३० प्रतिशत र विद्युत प्राधिकरणको २० प्रतिशत संस्थापक सेयर रहने प्रबन्धपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit