images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ । विभिन्न विद्युतीय सामान खरिद गर्ने क्रममा प्रचलित बजार मूल्यभन्दा ६ गुणा बढीमा खरिद गरेको नाममा यस्तो स्पष्टिकरण सोधेको हो ।

अख्तियारले २०७९ साल फागुन १० गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरी उल्लिखित बेहोराको उजुरी पर्न आएको हुँदा १५ दिनभित्र छानबिन प्रतिवेदन उपलब्ध गराउन निर्देश गरेको उल्लेख छ ।
अख्तियारको पत्रमा भनिएको छ– नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक कुलमान एवम् उपकार्यकारी निर्देशकहरू समेतको

मिलेमतोमा नाममात्रको टेण्डर आह्वान गरी विद्युतीकरण, कार्यालय समान एवम् विद्युतीय सामानहरू प्रचलित बजार मूल्यभन्दा ६ गुणा बढी मूल्यमा खरिद गरेको भनने समेत बेहोराको उ.द.नं. सि–०४११६०, मिति २०७९/१०/२९ को उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ । प्रस्तुत उजुरीमा किटान भएका विषयहरूमा तहाँ मन्त्रालयको रायसहितको छानबिन प्रतिवेदन १५ (पन्ध्र) दिनभित्र आयोगको महाशाखा नं. ५ मा उपलब्ध गराउनु हुन मिति २०७९/११/१० को निर्णयानुसार अनुरोध छ ।

यस विषयमा जानकारी माग्दा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले छानविन समितिले अध्ययन गरी प्रतिवेदन पेश गरिसकेको जानकारी दिए । प्रतिवेदन अख्तियारमा गए नगएको वा कसको संयोजकत्वमा समिति गठन गरिएको भन्ने विषयमा उनले केही खुलाएनन् । यद्यपि, मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन अख्तियारमा गइसकेको छ ।

‘हामीले यस विषयमा के कसो भएको हो भनी प्राधिकरणलाई पत्राचार गर्यौं,’ उनले ऊर्जा खबरसँग भने, ‘समितिले अख्तियारले सोधे जस्तो आरोप होइन, उजुरी कपोलकल्पित हो भन्ने पुस्ट्याइँ प्राप्त भयो । मन्त्रालयले थप छानबिन गरी प्रतिवेदन तयार गरेको छ ।’ अख्तियारको पत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले छानबिन गराई प्रतिवेदन पठाउने भनी लेखेका छन् । अख्तियारका अधिकारीहरूसँग यस विषयमा थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit