विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीस्थित १२ मेगावाटको नामार्जुन जलविद्युत केन्द्रको उत्पादन ३४ दिनदेखि बन्द छ । असार १ गते मादी खोलामा आएको भीषण बाढी विद्युतगृहमा पसेर इलेक्ट्रोमेकानिकल मेसिनमा क्षति पुर्याएपछि बन्द भएको उत्पादन अझै सुचारु हुन नसकेको हो ।

विद्युतगृहमा खोलाको बालुवा थुप्रिएकाले विद्युत उत्पादन बन्द भएको प्रवर्द्धक हिमालयन ऊर्जा कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार खोलाको बालुवाले विद्युतगृहका मेसिन पुरेको छ ।

‘बाढीले बगाएर ल्याएको बालुवा विद्युतगृहमा पसेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै बालुवा झिकेर सरसफाई नगरेसम्म उत्पादन सुचारु गर्न सकिने अवस्था छैन ।’ उनले विद्युतगृहको मर्मत गरेर उत्पादन सुचारु गर्न अझै १ महिनाभन्दा बढी समय लाग्ने बताए ।

विद्युतगृहमा थुप्रिएको बालुवा निकालेर सफाई गर्ने कार्य सुरु गरेको पनि उनले बताए । ३४ दिनदेखि उत्पादन बन्द हुँदा विद्युत बिक्रीबाट हुने ३ करोड रुपैयाँ बढी आम्दानी गुमेको कम्पनीले जनाएको छ ।

बाढीले आयोजनामा पुर्याएको क्षतिको विवरण यकिन भइनसकेको उनले बताए । क्षतिको बीमा दाबी प्रक्रियाका लागि अध्ययन भइरहेको उनले जानकारी दिए । यो आयोजना २०७७ भदौदेखि प्रसारण प्रणालीमा जोडिएको थियो ।

यो वर्ष मनसुनको सुरुवातमै मादी खोलामा भीषण बाढी आउँदा यो बेसिन सञ्चालन तथा निर्माणमा रहेका जलविद्युत आयोजनामा क्षति पुगेको थियो । सबैभन्दा बढी क्षति निर्माणाधीन ४४ मेगावाटकाे सुपर मादी जलविद्युत आयोजनामा पुगेको छ । यो आयोजनाको संरचना बाढीले भत्काउँदा १ अर्ब रुपैयाँ बढीको आर्थिक नोक्सानी हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३