विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युतमा ठूलालाई चैन, सानालाई ऐन

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजनाका कारण स्थानीयवासीले सञ्चालन गरिरहेको सोलुखोला लघुजलविद्युत केन्द्र बन्द भएको छ । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको उक्त आयोजनाका लागि खोला सुकाएर पानी लैजाँदा १०० किलोवाटको लघुजलविद्युत केन्द्र बन्द भएको हो ।

साविक सञ्चालन भइरहेको लघुजलविद्युतमा उपयोग हुने पानी सोलु दूधकोसीमा प्रयोग भएपछि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा सञ्चालित लघुजलविद्युत केन्द्र बन्द भएको जिल्ला प्रशासन कार्यालय (जिप्रका), सल्लेरीले जनाएको छ । यही कारण प्रत्यक्ष अप्रत्यक्षरूपमा स्थानीयले रोजगारी गुमाएको पनि जिप्रकाले साहास ऊर्जालाई लेखेको पत्रमा उल्लेख छ ।

लघुजलविद्युत केन्द्र बन्द हुँदा लामो समयदेखि प्राविधिक सञ्चालकका रूपमा कार्यरत पदमबहादुर राई र भीमबहादुर राईले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएको हुँदा यसको उचित क्षतिपूर्ति माग गर्दै राई द्वयले साहस ऊर्जामा निवेदन दिएका छन् । उनीहरूले २०७५ माघ १६ गतेदेखि केन्द्रमा सञ्चालकको रूपमा कार्यरत रहेको निवेदनमा उल्लेख छ । राई द्वयले रोजगारीको क्षतिपूर्ति बापत २-२ वर्षको तलब बराबरको रकम माग गरेको पनि निवेदनमा खुलाएका छन । उनीहरूले केन्द्रमा मासिक १५-१५ हजार रुपैयाँ तलबमा काम गरेको निवेदनमा जनाएका छन् ।

राई द्वयले माग गरे अनुसार २-२ वर्षको तलब बराबरको रकमको हिसाब गर्दा करिब ७ लाख २० हजार रुपैयाँ हुन आउँछ । रोजगार खोसिँदा परिवारको लालनपालनमा समेत प्रतिकूल असर परेको निवेदनमा उल्लेख गरिएको छ ।

सोलु-दूधकोसीले फागुन १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेकाे हाे । व्यापारीक उत्पादन थालेकाे करिब एक सातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २३ गते उद्घाटन गरेका थिए । यो आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र बर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ हजार ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ । यो आयोजना करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले लगानी गरेका छन ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit