विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) को बक्यौता तिर्न सरकारले नेपाल आयल निमगलाई ७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । शुक्रबार (असार ३१ गते) बसेको मन्त्रिपरिषदको बैंठकले निगमलाई रकम दिने निर्णय गरेको हो ।

सरकारले ऋण तिर्ने सिमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराउने भएको छ । पेट्रोलियम पदार्थ खरिद वापत भुक्तानी गर्नुपर्ने रकमलाई घटाउन सरकारले ऋण दिने निर्णय गरेको हो । 

पुर्वाधार विकास शुल्क वापत २०७९ जेठ महिनाको शोधभर्ना वागत ५९ करोड रुपैयाँ पनि फिर्ता दिने निर्णय भएको छ । राष्ट्रिय बाणिज्य बैंकसँग पनि करिब ३ अर्ब रुपैयाँ ऋण दिने प्रक्रिया अघि बढाएको निगमले जनाएको छ । यसले आइओसीलाई भुक्तानी गर्न केही सहज हुनेछ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि निगमले आइओसीबाट खरिद गरेको इन्धनको भुक्तानी गर्न सकेको छैन् । अहिले पनि निगमलाई प्रतिमहिना ४ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको छ ।

आइओसीले असार ३२ गते पेट्रोल, डिजेल र हवाई इन्धनको खरिद मूल्य घटाएर पठाएको छ । प्राप्त नयाँ मूल्य सूचीअनुसार पनि निगमलाई अझै पेट्रोलमा १४.१९ रुपैयाँ, डिजेलमा २१.९२ रुपैयाँ घाटा रहेको निमगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit