विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापमा १९ मेगावाटको दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन अनुमतिका लागि असार ३१ गते (आइतबार) नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

जारी पूँजी ९९ करोड रकमको १ः१ को अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर निष्कानस अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । 

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले जारी पूँजी वृद्धि गरेर ३ अर्ब ५० करोड रुपैयाँ पुर्र्याउने निर्णय गरेको छ । प्रस्तावित हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने सबै रकम बैंकहरुको दीर्घकालीन ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जानकारी दिइएको छ ।

कम्पनीको रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटका माथिल्लो खिम्ती जलविद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनाको करिब ६० करोड रुपैयाँको विद्युत खेर गएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit