विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं वर्षासँगैको बाढीले संरचनामा क्षति पुगेपछि पटक-पटक बन्द भएको १० मेगावाटको तल्लो मोदी जलविद्युत केन्द्रकाे विद्युत उत्पादन सुचारु भएकाे छ ।  निरन्तरको वर्षाले पानीको बहाव बढेर संरचनामा क्षति पुग्न थालेपछि बन्द गरिएको जलविद्युत केन्द्र मर्मत गरी शुक्रबार साँझदेखि नियमित सञ्चालनमा आएको हो

असार २२ गते राति आएको बाढीले आयोजनाको संरचनामा क्षति पुग्दा बन्द भएको जलविद्युतगृहको उत्पादन १० दिनपछि पुनः सुरु भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले बताए उनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत गरेर उत्पादन सुचारु गरिएको हो

बाढीले आयोजनाको मुहान, सय मिटर निकास नहरलगायतका संरचनामा क्षति पुयार्एको थियो खोलामा पानी लेदो मिसिएर आइरहेकाले मेसिन चलाउन कठिनाई भएपछि उत्पादन बन्द गरिएको थियो

करिब डेढ हप्ता विद्युतगृह बन्द हुँदा विद्युत बिक्रीबाट हुने करोड २० लाख रुपैयाँ बढी आम्दानी गुमेको उनले बताए  कम्पनीले विद्युत बिक्रीबाट दैनिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएको

क्षतिग्रस्त संरचना मर्मत गरेर गत आइतबार (२७ गते) देखिनै विद्युतगृह सञ्चालनको प्रयास गरिएको थियो तर, खोलामा बाढी बढेर फेरि संरचनामा क्षति पुर्याएकाले उत्पादन बन्द गरी मर्मत गरिएको थियो । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत केन्द्रले २०६९ मंसिर गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit