विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशको रसुवामा पहिचान भएको १३ मेगावाटको मध्यमैलुङ क्यासकेड जलविद्युत आयोजनाको काम साढे २ वर्षमा पूरा गरिने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाले २०८१ चैतभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेकाे हाे ।

आयोजनाकाे सबै प्रकारका अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ, यही क्रममा विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिन ३५ दिने सूचना प्रकाशन गरेकाे छ ।

विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन प्रतिवेदनका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको सूचनामा उल्लेख छ ।

अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरका बारेमा सम्बन्धित सरोकारवालासँग विभागले राय/सुझाव मागेको छ । साथै, सूचना जारी भएको मितिले  ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

आयोजना सम्पूर्ण संरचनाहरू जिल्लाको उत्तरगया गाउँपालिकास्थित मैलुङ खोलाको दाँया किनारमा प्रस्ताव गरिएको छ । खोलामा बाँध बाँधी १५२० मिटर लामो सुरुङ र ६९५ मिटर लामो पेनस्टेक पाइपलाइनमार्फत पानीलाई विद्युतगृहमा पुर्याइने अध्ययनले देखाएकाे छ ।

वार्षिक ७५.९८ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाकाे विद्युत २.४ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणकाे १३२ केभी प्रसारण लाइनमार्फत १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिने उल्लेख छ।

यी दुवै आयोजनाको विद्युत नुवाकोट जिल्लामा निर्माणाधीन प्राधिकरणको २२०/१३२ केभी त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit