images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । याम्बालिङ हाइड्रो पावर प्रालिले निर्माण सम्पन्न गरेको आयाजनाको विद्युत् शनिबारदेखि प्रणालीमा जोडिएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ७ किलोमिटर दुरीमा रहेको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिएको कम्पनीका वित्तीय अधिकृत प्रमिला निरौलाले बताईन् । उनका अनुसार आयोजनाबाट माघ ६ गतेदेखि उत्पादन परिक्षण सुरु भएको हो ।

‘१ महिना जति हाम्रो आयोजनाको उपकरण तथा संरचनाको परीक्षण गर्न लाग्यो,’ उनले ऊर्जा खबरसँग भनिन्, ‘शनिबारबाट आयोजनाले प्रसारण प्रणालीमा विद्युत् दिन सुरु गरेको छ ।’ उनले अहिले आयोजनाबाट परीक्षण उत्पादन भइरहेको र दुई साता नेपाल विद्युत् प्राधिकरणलाई बिजुली निशुल्क दिइएपछि व्यापारिक उत्पादन सुरु गरिने जानकारी दिइन् । प्राधिकरणले माघ २१ गतेसम्म उत्पादन परिक्षण गर्नेछ ।

प्राधिकरणसँगको विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८० मंसिरभित्र विद्युत् उत्पादन गर्ने तालिका थियो । तर, विविध कारणले केही समय ढिला भएको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको उत्पादन तालिका लम्बिदा खर्चसँगै बैंकको ब्याज प्रतिशत पनि बढेको कम्पनीले जनाएको छ । आयोजनाको काम १ अर्ब ६९ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान छ । सुरुमा आयोजना सम्पन्न गर्न १ अर्ब ५८ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।

आयोजनामा लुम्बिनी बैंकको अगुवाईमा साग्रिला बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit