विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आलम्पु जलविद्युत विकास कम्पनीले १० मेगावाटको माथिल्लो सागु जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बागमती प्रदेशको दोलखा जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ ।

राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनामा दुई वटा हेडवक्र्स निर्माण हुनेछ । मुख्य हेडवर्क खोलाको दायाँ र सहायक हेडवर्क कोथली खोलाको दायाँ किनारमा पर्दछ ।

बाँधबाट करिब १ हजार ४ सय २५ मिटर लामो हेडरेस पाइप र १ हजार ५ सय ३३ मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइन्छ । विद्युतगृहमा २ वटा टर्वाइन जडान हुनेछ । टर्वाइनमा जडान भएको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

आयोजनाबाट २०८४ असारभित्र विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ५६.८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit