images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमै पहिलो पटक हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरी खाना पाकाउन वैज्ञानिकहरु सफल भएका छन् । यसका लागि वैज्ञानिकहरूले झण्डै १८ महिनाअघि देखि सुरु गरेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका १२ जनाभन्दा बढी वैज्ञानिकले दिनरात उक्त गुरुयोजनामा काम गर्दै आएका थिए । उनीहरुले विशेष चुलो निर्माण गरी आइतबार हाइड्रोजन इन्धन प्रयोग गरेर ५ प्याकेट चाउचाउ ७ मिनेटमै पकाएर खाजा बनाउन सफल भएका हुन् ।

नेपाल इनर्जी फाउण्डेसनले नेतृत्व गरेको उक्त परियोजनामा सहकार्य गरिरहेका ५ संस्था मध्ये बेलायती कम्पनी इनर्जी क्याटलिस्ट कार्यक्रमले आर्थिक सहयोग गरेको छ । लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डका वैज्ञानिकले चुलो विकासमा प्राविधिक सहयोग गरेका छन् । काठमाडौं विश्वविद्यलय उक्त परियोजनाको नलेज पार्टनर रहेको छ ।

नेपालमा हाइड्रोजन इन्धनको सम्भावना पर्याप्त रहेकोले यसलाई खाना पकाउन प्रयोग गरिँदै आएको एलपीजी र अन्य जैविक इन्धनको विकल्पको रुपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । हाइड्रोजनबाट खाना पकाउन सफल भए पनि अब यसको व्यवसायिक उत्पादन, प्रतिप्रर्धी मूल्य निर्धारण र व्यववहारिक प्रयोगका लागि थप अनुसन्धानमा लगानी गर्नुपर्ने समेत उनीहरुले बताएका छन् ।

नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले भान्सामा हाइड्रोजन इन्धनको परीक्षण प्रयोगमा आफूहरु सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘हाइड्रोजन इन्धनबाट खाना पकाउने कार्यमा हामी सफल भएका छौँ,’ उनले भने, 'अब यसलाई व्यवसायिक रूपमा अघि बढाउन थप काम गर्नुपर्ने छ ।’

फाउण्डेसनका उपाध्यक्ष शेरसिंह भाटले नेपालमा मात्र नभएर विश्वमै पहिलो पटक खान पकाउने कार्यका लागि हाइड्रोजन इन्धनको सफल प्रयोग भएको बताए । यो भान्सामा हरित इन्धनको प्रयोगको हिसाबले कोशेढुंगा नै सावित भएको उनको भनाइ छ । 

फाउण्डेसनका उपाध्यक्ष शेरसिंह भाटले नेपालमा मात्र नभएर विश्वमै पहिलो पटक खान पकाउने कार्यका लागि हाइड्रोजन इन्धनको सफल प्रयोग भएको बताए । यो भान्सामा हरित इन्धनको प्रयोगको हिसाबले कोशेढुंगा नै सावित भएको उनको भनाइ छ । 

‘विशेष चुलोको निर्माण गरी काठमाडौं विश्वविद्यालयको हाइड्रोजन ल्याबमै रहेको हाइड्रोजनको प्रयोग गरेर खाना बनाउन सफल भएका हौँ,’ उनले भने, ‘अब यसको व्यवसायिक र व्यवहारिक प्रयोगका लागि सिलिन्डर, रेगुलेटर, चुलो, यसको उत्पादन र बिक्री विवितरण, बिजुलीको उपलब्धता तथा मूल्य जस्ता धेरै पक्षमा अध्ययन अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने छ ।’

आयातित एलपीजीमा समेत सरकारले अनुदान दिइरहेको अवस्थामा त्यस्तो अनुदान हाइड्रोजन इन्धनको सिलिन्डर उत्पादन तथा प्रयोगमा पनि दिन सके यो इन्धन सस्तो पर्न सक्ने सम्भावना रहेको उनले बताए । 

‘यसले नेपालमा उत्पादन भएको बिजुलीका लागि आन्तरिक बजारको दायरा पनि फराकिलो पार्ने छ,’ उनले भने, ‘बिजुली पर्याप्त हुँदा हुँदा पनि इन्डक्सन प्रयोग गर्न हिचकिचाइरहेका सर्वसाधारणलाई होइड्रोजन इन्धनको आगो एलपीजीकै जस्तो बल्ने भएकोले यसको प्रयोगमा आकर्षित हुन सक्ने सम्भावनासमेत देखिन्छ ।’

हाइड्रोजन इन्धनको परीक्षण प्रयोग सफल भएपछि अब फाउण्डेसनले बागलुङमा समुदायस्तरमै हाइड्रोजनबाट खाना पकाउने व्यवस्था गर्न कार्यक्रम अघि बढाउन सकिने भाटले बताए ।

फाउण्डेसनले उक्त जिल्लामा रहेको गिरिन्दीखोला लघु जलविद्युत आयोजनाको बिजुली प्रयोग गरेर १५ घरमा हाइड्रोजनबाट खाना पकाउने कार्यक्रम अघि बढाउने जनाएको छ । ती लघु जलविद्युतबाट उत्पादन भएको हाइड्रोजनलाई सिलिण्डरमा भरेर उक्त गाउँका १५ घरमा वितरण गर्ने परियोजना फाउण्डेसनले आगामी १८ महिनाभित्र सक्ने लक्ष्यसहित काम अघि बढाउन लागेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit