विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख रुपैयाँ बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन् ।

उनीहरूले ‘टेक्नो–इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८७५ डलरको अनुदान पाएका छन् ।

उनीहरू युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन् । पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठूला इन्जिनियरिङ सोसाइटीहरूः एआइसीएचई, आइइइइ, एआइएमई, एएससीई, एएसएमईको साझा कन्सोर्टियम हो । यो परियोजना एसियाबाट एक मात्र छनोट भएको परियोजना हो ।

यसबाहेक, अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनको टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरको प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ । यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूको ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ । पाठ्यक्रमले जलवायु समाधानहरूमा योगदान पु¥याउन बहुमूल्य सीपहरू र अन्तरदृष्टिहरू प्रदान गर्नेछ ।

उनीहरूको परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल इनर्जी कोर्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit