विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक मोदी जलविद्युत् कम्पनी लिमिटेडले प्रवर्द्धन गर्ने माथिल्लाे माेदी ए जलविद्युत् आयाेजनाकाे निर्माणका लागि ३ वटा कम्पनी छनोटमा परेका छन् । ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यका लागि प्रस्ताव आह्वान गरिएको बोलपत्रमा सहभागी मध्ये ३ वटा चिनियाँ कम्पनीको प्राविधिक प्रस्ताव पास भएको हो । 

छनोटमा पर्ने कम्पनीहरुमा जिआइसिजिसिएल–आरसिसी जेभी, एसएससिई–हाइ हिमालय जेभी र सिनोहाइड्रो–एसएआई जेभी रहेका छन् । फेब्रुअरी–२ (१९ माघ) मा यी कम्पनीहरुको आर्थिक प्रस्ताव समेत खोलिने कम्पनीले जनाएको छ । सार्वजनिक खरिद ऐन अनुसार प्राविधिक प्रस्तावका आधारमा छनोटमा परेका कम्पनीहरू मध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीले नै ठेक्का पाउने छ । 

कम्पनीका अनुसार निर्माण सुरु गरेको ४ वर्षभित्र पूरा गरी सञ्चालनमा ल्याइने गरी काम अघि बढाइने छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो आयोजना काठमाडौँबाट करिब २५० किलोमिटरको दूरीमा छ । आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । संरक्षित क्षेत्रमा पर्ने रुख कटानको अनुमति समेत लिइसकिएकाे कम्पनीले जानकारी दिएकाे छ । 

आयोजनाको निर्माण लागत अनुमान १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यस मध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी रहने छ । विद्युत् प्राधिकरण र सर्वसाधारणबाट स्वपूँजी जुटाइने छ । आयोजनामा एनएमबी बैंकले ४ अर्ब ४० करोड र एचआइडिसिएलले ५ अर्ब लगानी गर्ने गरी वित्तीय व्यवस्थापन समेत पूरा भइसकेको छ ।  

५.९५ किलोमिटर हेडरेस सुरुङ निर्माण गरिने उक्त आयोजनाबाट वार्षिक २४३.५८ गिगावाट आवर बिजुली उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली ११.५ किलोमिटर दूरीमा रहेको न्यु–मोदी सबस्टेसनमा जोडिने छ । कम्पनीले यस अघि १८.२ मेगावाटको माथिल्लो मोदी आयोजना सञ्चालनमा ल्याइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit