विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको कम्पनी एलजी इलेक्ट्रोनिक्स (एलजी) ले हालै कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए) बाट एआई प्रबन्धन प्रणाली (एआईएमएस सर्टिफिकेसन) प्रमाणीकरण  (आईएसओ/आइइसी ४२००१) प्राप्त गरेको छ । यो एक महत्वपूर्ण उपलब्धि भएका कम्पनीले जनाएको छ । यो प्रमाणीकरणले एलजीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई व्यवस्थापन गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको देखाउँछ ।

एआइएमएस प्रमाणीकरणको प्राप्तिले कम्पनीको एआई प्रयोग भएका उत्पादनहरुमा सुरक्षा, निष्पक्षता, पारदर्शिता र जवाफदेहिता बढाउन एलजीले निरन्तर गरेको प्रयासलाई पुष्टि गर्ने कम्पनीले जनाएको छ । यस प्रमाणीकरणले एलजीप्रति ग्राहकको विश्वास बढ्ने र आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउने विश्वास पनि कम्पनीले राखेको जनाएको छ । 

गत वर्ष, स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी युएलद्वारा वाशिङ मेसिन र ड्रायरका लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताको रूपमा आफूलाई अलग प्रमाणित गरेको थियो ।  साथै, एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइटिइसिएच) बाट एआई मा आधारित एलजी वासटावरका लागि एअइ सेफ्टी सर्टिफिकेशन प्राप्त गरेको छ । 

‘यस प्रमाणीकरणले हामीले एक व्यापक एआई व्यवस्थापन प्रणाली स्थापना गरेका छौँ र हाम्रा ग्राहकहरूलाई राम्रो जीवनको लागि सुरक्षित, जिम्मेवार एआई–आधारित समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौँ भनेर देखाउँछ,’ एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसन कम्पनीका अध्यक्ष ल्यु जे–चुलले भने । 

एलजीले नेपालमा पनि बिगत ३५ वर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै बिगत केही वर्षदेखि एआई प्रयोग भएका उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit