विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफुलाई नियम विपरित जबरजस्ती हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा ‘कारण देखाउ आदेश’ जारी भएको छ । प्रधानन्याधीस चोलेन्द्रशमशेर जबराको एकल इजलाशमा सर्वोच्चको मंगलबार भएको सुनुवाईमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो ।

शाक्यलाई हटाएर कुलमान घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुको कारण मागिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । ‘सरकारबाटै नियुक्ती पाएर काम गरिरहेका शाक्यलाई के कति कारणले हटाएर कुलमान घिसिङलाई फेरि नियुक्त गरिएको हो ?,’ स्रोतले भन्यो,‘यसको कारण खुलाउनु भनेर सर्वोच्चबाट आदेश भएको छ ।’

सर्वोच्च स्रोतका अनुसार शाक्यले दायर गरेको मुद्दामा अन्तरिम आदेश भएन । शाक्यले अन्तरिम आदेश मागेर मुद्दा दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश दिएको छ । शाक्यले दायर गरेको मुद्दाको पेशी प्रधानन्याधीस जबरा आफैंले राखेका थिए ।

शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकबाट आफुलाई जबरजस्ती हटाइएको भन्दै अन्तरिम आदेश मागेर गत साउन ३२ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले सरकार तथा मन्त्रिपरिषद, प्रधानमन्त्री कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा मन्त्री, ऊर्जा सचिव, नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति, जल तथा ऊर्जा आयोगको सचिवालय, र कुलमान घिसिङलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । 

शाक्यको मुद्दामाथि बरिष्ठ कानुनविदहरू रमेश बडाल, पूर्णमान शाक्य र सतिशचन्द्र खरेलले बहस गर्दै आएका छन् । सरकारको साउन २५ गतेको निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक तोकी शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञको जिम्मेवारीका लागि साउन २७ गते पत्र दिइएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी माओवादी नेतृ भुसालले सम्हाल्ने वित्तिकै शाक्यलाई कार्यकारी निर्देशकबाट राजीनामा गर्न दबाब दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit