विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकाले विशेष सुरक्षा तथा सावधानीका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले १४ बुँदे परिपत्र जारी गर्दै प्राधिकरण मातहतका सबै निर्देशनालय एवं आन्तरिक लेखा परीक्षण र इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण विभाग मातहतका कर्मचारीलाई सुरक्षित भएर काम गर्न निर्देशन दिएका हुन् ।

प्राधिकरण कर्मचारी , ग्राहक तथा सरोकारवाला सबै कोभिड–१९ को उच्च जोखिममा रहेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गर्न सुरक्षा र रोकथाम सम्बन्धि निर्देशन पनि पालना गर्न परिपत्र गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संवेदनशिल भनि घोषणा गरेका जिल्लामा कार्यलयको नियमित काममा बाधा नपर्ने गरी ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी खटाउने व्यवस्था मिलाउन परिपत्र गरिएको छ । साथै, कुनै कर्मचारी कोभिड–१९ संक्रमित भइहालेमा क्वारेन्टीनमा बस्ने व्यवस्था सम्बन्धित कार्यालयलाई नै मिलाउन भनिएको छ ।

संक्रमित कर्मचारीको अवस्था गम्भिर भई अस्पताल भर्ना हुनु पर्दा कार्यलयमा उपस्थित हुन नसकेको हकमा कार्यालय प्रमुखले नै १४ दिनको क्वारेन्टीन तथा अस्पताल बस्दाको अवधिलाई प्रमाणित सार्वजनिक विदा कायम गर्न पाउने व्यवस्था गरिएको छ । भार प्रेषण, उत्पादन तथा वितरण केन्द्र र ग्रिड सबस्टेसन कार्यालय प्रमुखलाई स्थानीय प्रसाशनसँगको समन्वयमा आफ्नो कार्यालय मातहतका कर्मचारीलाई स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गरी काममा लगाउन भनिएको छ । 

कार्यालय प्रमुखहरूलाई सिफ्ट ड्युटी, नो लाइट, मिटर सिकायत र मर्मत सम्भारका कर्मचारीको वैकल्पिक व्यवस्थासहितको अलग्गै सूची बनाई सोही अनुसार काममा खटाउन परिपत्र गरिएको छ । सार्वजनिक स्थल तथा बढी भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्ने, बेला बेलामा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएमा चेक जाँच गराई चिकित्सकको परामर्शअनुसार आफ्नो निवासमा आराम गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखलाई  परिपत्र गरिएको छ ।

गर्मी बढ्दै गएकाले विद्युत खपत पनि बढ्न सक्ने देखिएकाले आपूर्ति नियमित, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन व्यवस्था मिलाउन तथा ग्राहकलाई विद्युत महसुल अनलाइनमार्फत भुक्तानी गर्न प्रोत्साहन गर्नुपर्ने परिपत्रमा उल्लेख छ । प्राधिकरण केन्द्रीय कार्यालयमा पनि सबै निर्देशनलाय तथा विभाग अन्तर्गत पनि बिहान १० देखि साँझ ५ बजेसम्म मात्रै कार्य सम्पान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit